default_image

3 years ago

October 23, 2021

माउन्टको ह्याट्रिकमा चेल्सीको सानदार जित

एजेन्सी – मासन माउन्टले ह्याट्रिकसहित एक गोलको लागि असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । चेल्सीले पुछारमा रहेको १० खेलाडीमा समेटिएको नर्विच सिटीमाथि ७–० को फराकिलो जित निकालेको हो । माउन्टको ह्याट्रिकसहित चेल्सीको जितमा कलुम हड्सन ओडोई, रिस जेम्स र बेन चिलवेलले समान एक गोल गर्दा एक […]

35 views

0 Bookmark

एजेन्सी – मासन माउन्टले ह्याट्रिकसहित एक गोलको लागि असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । चेल्सीले पुछारमा रहेको १० खेलाडीमा समेटिएको नर्विच सिटीमाथि ७–० को फराकिलो जित निकालेको हो ।

माउन्टको ह्याट्रिकसहित चेल्सीको जितमा कलुम हड्सन ओडोई, रिस जेम्स र बेन चिलवेलले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो । चेल्सीले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल थपेको थियो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा गोलको वर्षा हुँदा चेल्सीले खेलको आठौं मिनेटमा माउन्टको गोलबाट अग्रता लिएको थियो । उनले जर्गिन्होको पासमा गोल गरेका थिए ।

१८औं मिनेटमा माटियो कोभासिसको पासमा ओडोईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा जेम्सले माउन्टको पासमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । दोस्रो हाफमा पनि चेल्सीको गोलको क्रम रोकिएन । ५७औं मिनेटमा चिलवेलले माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई ४–० ले अघि बढाए ।

६२औं मिनेटमा म्याक्स आरोन्सले आत्मघाती गोल गरेपछि चेल्सी खेलमा ५–० ले अघि बढ्यो । ६५औं मिनेटमा बेन गिब्सन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नर्विच १० खेलाडीमा समेटिन पुग्दा थप समस्यामा परेको थियो । ८४औं मिनेटमा माउन्टले पेनाल्टी चुकाएपनि रि पेनाल्टीमा गोल गर्दै चेल्सीलाई फराकिलो जित तर्फ अघि बढाए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा माउन्टले रुवेन लफट्स चिकको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि चेल्सीले ७–० को फराकिलो जित निकाल्न सफल भयो । जितसँगै चेल्सी ९ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित नर्विच २ अंक जोडेर पुछारमा रहेको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.