default_image

3 years ago

October 23, 2021

रश्मीको चार गोलमा बागमतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीकी सदस्य रश्मी कुमारी घिसिङ एक्लैको चार गोल मद्दत बागमती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार गोदावरी नगरपालिकालाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै बागमतीले लगातार दोस्रो जित निकालेको हो । गीता राना, सदिपा ब्लोन र अनु […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीकी सदस्य रश्मी कुमारी घिसिङ एक्लैको चार गोल मद्दत बागमती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार गोदावरी नगरपालिकालाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै बागमतीले लगातार दोस्रो जित निकालेको हो । गीता राना, सदिपा ब्लोन र अनु राईले समान एक गोल गरिन् । यसअघि बागमतीले पहिलो खेलमा महालक्ष्मी नगरपालिकालाई ९–० गोल अन्तरले हराएको थियो ।

यस्तै अर्काे खेलमा ललितपुर महानगरपालिकाले कागेश्वारी नगरपालिकालाई १०–० को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । ललितपुरको जितमा निर्मला बिकले ह्याट्रिकसहित चार गोल गर्दा सम्झना लावतीले ह्याट्रिक पूरा गरिन् । मनिषा राउतले दुई गोल गरिन् । एक गोल उपहार पाएको थियो ।

छनोटमा मा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

दोस्रो हुने टोलीले ३ लाख तथा फेयर प्ले टिमले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार पाउनेछन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.