default_image

3 years ago

October 23, 2021

बायर्न र डर्टमुन्डको फराकिलो जित

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्ष दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनमाथि ४–० को सानदार जित निकालेको हो । बायर्नको फराकिलो जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, इरिक म्याक्सिम चुपो मोटिङ र किङ्सले कोमानले समान एक गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको आठौं […]

89 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्ष दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनमाथि ४–० को सानदार जित निकालेको हो ।

बायर्नको फराकिलो जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, इरिक म्याक्सिम चुपो मोटिङ र किङ्सले कोमानले समान एक गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको आठौं मिनेटमा सर्ज जिनाब्रीले गोल गरेपनि उनको गोलले मान्यता पाएन ।

१६औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । उनले जमल मुसिएलाको पासमा गोल गरेका थिए । ३०औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ८२औं मिनेटमा वैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए ।

इरिक ६५औं मिनेटमा थोमस मुलरको स्थानमा मैदान छिरेका थिए । निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई ४–० को सहज जित दिलाए । जितपछि बायर्न ९ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित होफेनआइन ११ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

अर्काे खेलमा शीर्षस्थानमा बायर्नलाई पछ्याइरहेको बोरुसिया डर्टमुन्डले अर्मेनिया बिलेफिल्डलाई ३–१ ले पराजित गरेको छ । डर्टमुन्डको जितमा इम्री क्यान, म्याट हमेल्स र जुडे बेलिङघमले गोल गरे । अर्मेनिया बिलेफिल्डका फावियन क्लोसले एक गोल गरे ।

जितपछि डर्टमुन्ड ९ खेलबाट २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित बिलेफिल्ड ५ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.