default_image

2 years ago

October 24, 2021

फोडेन चम्कदा म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – इंग्लिस विंगर फरवार्ड फिल फोडेनले दुई गोलसँगै एक असिस्ट दिएपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । सिटीले घरेलु टोली ब्राइटनलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा सिटीको फराकिलो जितमा इल्केए गुन्डोगान र रियाल महारेजले पनि […]

38 views

0 Bookmark

एजेन्सी – इंग्लिस विंगर फरवार्ड फिल फोडेनले दुई गोलसँगै एक असिस्ट दिएपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

सिटीले घरेलु टोली ब्राइटनलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा सिटीको फराकिलो जितमा इल्केए गुन्डोगान र रियाल महारेजले पनि गोल गरे । घरेलु टोलीका एलेक्सिस म्याक एलिस्टेरले एक गोल फर्काए ।

ब्राइटनको मैदानमा सिटीले खेलको १३औं मिनेटमा इल्केए गुन्डोगानको गोलबाट अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए । २८औं मिनेटमा फिल फोडेनले ज्याक ग्रेलिसको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनेटपछि फोडेनले गाब्रियल जेससको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

८१औं मिनेटमा एलेक्सिस म्याक एलिस्टेरले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि रियाद महारेजले इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिल फोडेनको पासमा गोल गर्दै सिटीको फराकिलो जित पक्का गरे ।

यो सिजनमा लयमा रहेको ब्राइटनले लिगमा दोस्रो हार बेहोरेको हो । यसअघि ब्राइटनले एभर्टनसँग २–० को हार बेहोरेको थियो । ब्राइटनले ९ खेल खेल्दा चार जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ ।

यो जितसँगै म्यानचेस्टर सिटीले लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । सिटीको ९ खेलबाट २० अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको १८ अंक छ । शीर्षस्थानमा रहेको चेल्सीको २२ अंक छ । पराजित ब्राइटन १५ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.