default_image

2 years ago

October 24, 2021

बोलोग्नालाई हराउँदै एसी मिलान शीर्षस्थानमा

एजेन्सी – बोलोग्नामाथि सहज जित निकाल्दै एसी मिलान सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । मिलानले ९ खेलाडीमा समेटिएको घरेलु टोली बोलोग्नामाथि ४–२ को रोमाञ्चक जित निकाल्दै शीर्षस्थानमा उक्लिन सफल भएको हो । बोलोग्नाको मैदानमा मिलानको जितमा राफयल लियो, डाभिड कालाव्रिया, इस्माइल बेन्नासेर र ज्लाटन इभ्राहिमोभिचले गोल गरे । घरेलु टोलीका मुसा बारोले गोल गर्दा […]

51 views

0 Bookmark

एजेन्सी – बोलोग्नामाथि सहज जित निकाल्दै एसी मिलान सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । मिलानले ९ खेलाडीमा समेटिएको घरेलु टोली बोलोग्नामाथि ४–२ को रोमाञ्चक जित निकाल्दै शीर्षस्थानमा उक्लिन सफल भएको हो ।

बोलोग्नाको मैदानमा मिलानको जितमा राफयल लियो, डाभिड कालाव्रिया, इस्माइल बेन्नासेर र ज्लाटन इभ्राहिमोभिचले गोल गरे । घरेलु टोलीका मुसा बारोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

बोलोग्नामा शनिबार राति भएको खेलमा मिलानले खेलको १६औं मिनेटमा राफयल लियोको गोलबाट अग्रता लिएको थियो । उनले ज्लाटन इभ्राहिमोभिचको पासमा गोल गरेका थिए । २०औं मिनेटमा एडमा सोउमाओरो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली दवावमा परेको थियो ।

तर, दोस्रो हाफमा घरेलु टोलीले चार मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । ३५औं मिनेटमा डाभिड कालाब्रियाले गोल गर्दै मिलानलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४९औं मिनेटमा ज्लाटनले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा पुगेको थियो । ५२औं मिनेटमा मुसा बारोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

५८औं मिनेटमा रोबर्टाे सोरियानो पनि सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बोलोग्ना थप समस्यामा पर्दा त्यसको फाइदा मिलानले उठाउन सफल भयो । ८४औं मिनेटमा इस्माइल बेनासेरले गोल गर्दै मिलानलाई ३–२ ले अघि बढाए । अन्तिम मिनेटमा ज्लाटन इभ्राहिमोभिचले गोल गर्दै मिलानलाई ४–२ को रोमाञ्चक जित दिलाए ।

जितपछि शीर्षस्थानमा उक्लिएको मिलानको ९ खेलबाट २५ अंक पुगेको छ । एक खेल कम खेलेको नेपोलीको २४ अंक छ । पराजित बोलोग्ना १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.