default_image

3 years ago

October 24, 2021

किङको ह्याट्रिकमा एभर्टनको लज्जास्पद हार

एजेन्सी – खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा एभर्टनले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा वाट्फोर्डसँग लज्जास्पद हार बेहोरेको छ । एभर्टनले घरेलु मैदानमा वाट्फोर्डसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो । वाट्फोर्डको जितमा जोसुवा किङले ह्याट्रिक पुरा गर्दा जुराज कुका र इमानुयल डेनिसले समान एक गोल गरे । वाट्फोर्डका टोम डाभिस र रिचार्लीसनको गोल सान्त्वना […]

65 views

0 Bookmark

एजेन्सी – खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा एभर्टनले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा वाट्फोर्डसँग लज्जास्पद हार बेहोरेको छ ।

एभर्टनले घरेलु मैदानमा वाट्फोर्डसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो । वाट्फोर्डको जितमा जोसुवा किङले ह्याट्रिक पुरा गर्दा जुराज कुका र इमानुयल डेनिसले समान एक गोल गरे । वाट्फोर्डका टोम डाभिस र रिचार्लीसनको गोल सान्त्वना बन्यो ।

गुडिसन पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोली एभर्टनले खेलको तेस्रो मिनेटमा नै टोम डाभिसको गोलबाट अग्रता लिएको थियो । उनले डेमाराईको पासमा गोल गरेका थिए । १३औं मिनेटमा जोसुवा किङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६३औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई पुनः २–१ को अग्रता दिलाए । उनले मैदान छिरेको तेस्रो मिनेटमा नै माइकल किनको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि भने एभर्टनको लय बिग्रिन पुगेको थियो ।

७८औं मिनेटमा जुराज कुकाले जुआन हर्नान्डेजको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८०औं मिनेटमा जोसुवा किङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि वाट्फोर्डले खेलमा ३–२ को अग्रता लिन सफल भयो ।

८७औं मिनेटमा जोसुवा किङले ह्याट्रिक पुरा गरेपछि वाट्फोर्डले खेलमा ४–२ को आरामदायी पकड बनायो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इमानुयल डेनिसले गोल गर्दै वाट्फोर्डलाई ५–२ को सानदार जित दिलाए ।

यो जितपछि वाट्फोर्ड ९ खेलबाट १० अंक जोडेर १४औं स्थानमा उक्लिएको छ । पराजित एभर्टन १४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.