default_image

2 years ago

October 24, 2021

म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति म्यानचेस्टर युनाइटेड र लिभपुलबीच प्रतिस्पर्धा हुदैछ । खेल ओल्ड ट्राफर्डमा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ । म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेललाई निकै महत्वका साथ हेरिएको छ । दुवै टोली अकं नगुमाउने रणनीतिमा मैदान उत्रने पक्का छ । १८ अंकका साथ लिभरपुल तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड […]

55 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति म्यानचेस्टर युनाइटेड र लिभपुलबीच प्रतिस्पर्धा हुदैछ । खेल ओल्ड ट्राफर्डमा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ ।

म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेललाई निकै महत्वका साथ हेरिएको छ । दुवै टोली अकं नगुमाउने रणनीतिमा मैदान उत्रने पक्का छ । १८ अंकका साथ लिभरपुल तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड १४ अंकसहित छैटौं स्थानमा छ । शीर्षताको दौडमा फर्कनका लागि युनाइटेडलाई आजको खेल जित्नु पर्ने हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा युनाइटेड लयमा रहेको लिरपुललाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको साथ रहेको छ । यसै समरमा युनाइटेड आएयता रोनाल्डोले ५ खेलमा ३ गोल गरिसकेका छन् ।

रोनाल्डोसँगै टोलीमा पल पोग्वा ब्रुनो फर्नान्डेस, मासन ग्रीनवुड, नेमान्जा माटिच, स्टक म्याकटोमिने, लुका सा, ह्यारी मगाएर, भिक्टर लिन्डेलफ, आरोन वान विसाका र डेभिड डे हेया रहेका छन् ।

यता, लयमा रहेको लिभरपुल पनि घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ । युनाइटेडलाई हराउन सके लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानको चेल्सीसँगको अंक दुरी १ मा छोट्याउनेछ ।

यि दुई टोलीबीचको पछिल्लो ३० खेलमा युनाइटेड हाभी छ । युनाइटेडले १३ खेल आफ्नो पक्षमा पार्दा ९ खेल लिभरपुलले जितेको छ । ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई भेटमा दुवै टोलीले समान एक खेल आफ्नो पक्षमा पारेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.