default_image

4 years ago

October 24, 2021

विमलले मछिन्द्रबाट लिग खेल्ने

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगर लिग च्याम्पियन मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन् । यसै महिनाको अन्त्यमा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि स्टार खेलाडी विमलले मच्छिन्द्र सम्झौता गरेका हुन् ।

चोटका कारण झण्डै एक बर्ष देखि मैदान बाहिर रहेका विमल उपचारपछि चोटमुक्त हुँदै मच्छिन्द्रबाट लिग खेल्ने भएका हुन् । विमलको आगमनले टोलीको मनोवल उच्च हुने क्लबले जनाएको छ । कतार विश्वपकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा गत पुसमा विमलको दायाँ घुँडामा चोट लोको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहलमा कतार फुटबल संघले उनको उपचार व्यवस्था मिलाएको थियो । कतारस्थित एप्सटार अस्पतालमा उपचार गराएर ९ महिनामा उनी गत महिना स्वदेश फर्केका थिए । स्वदेश फर्किएका उनले व्यक्तिगत प्रशिक्षणसँगै यु–२३ टिमसँग प्रशिक्षण गरेका थिए ।

लिगका लागि विमललाई थ्री स्टारले पनि अनुबन्धको प्रयास गरेको थियो । तर, विमलले लिग च्याम्पियन मच्छिन्द्र नै रोजेका हुन् । २०७६ मा भएको पछिल्लो ए डिभिजनमा मच्छिन्द्रबाट खेलेका थिए । एन्फाको ९० दिनको प्रतिबन्ध फुकुवापछि उनले लिगको अन्तिम खेल खेलेका थिए । विमलसम्मलित अन्तिम खेलमा आर्मीलाई १–० ले हराउँदै मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको थियो । विमलको अनुबन्ध रकम भने गोप्य राखिएको छ ।

विमलले गत सिजन पनि मच्छिन्द्रबाट अन्तिम खेल खेलेको स्मरण गर्दै यसपटक उपाधि रक्षा गर्ने बताए । ‘गत सिजन एक खेल मात्र खेल्ने अवसर पाएको थिएँ । यसपटक सुरुदेखि खेलेर उपाधि रक्षा गर्नेछौं । क्लबका व्यवस्थापन, प्रशिक्षक सँग राम्रो सम्बन्ध छ,’ उनले भने ।

विमलले चोटबाट पुनरागमन गर्दा थप जिम्मेवारी महसुस भएको बताएका छन् । ‘चोट लागेपछि निकै कठिन अवस्था थियो । मैले निकै मिहिनेत गरेको छु । अब मैदानमा उत्रेर खेल देखाउन आतुर छु,’ उनले भने ।

क्लबका प्रशिक्षक प्रवेश कटुवालले पनि विमलको आगमनले टोली बलियो भएको अभिव्यक्ति दिए । ‘विमलको आगमनले टोली थप बलियो भएको छ ‌। हामीले गत सिजनपछि केहि खेलाडी गुमायौं । अब थप बलियो भएर उपाधि रक्षा गर्नेछौं,’ उनले भने ।

बेल्जियम र नेदरल्याण्डसका क्लबहरुमा प्रशिक्षण तथा घरेलुसहित भारत, माल्दिभ्सको क्लबका व्यवासायिक फुटब खेलेका विमलले मच्छिन्द्रमा खेल्नुअघि च्यासलबाट लिग खेलेका थिए । त्यसअघि २०७१ को राष्ट्रिय लिगमा उनले सुदूरपश्चिमबाट खेलेका थिए । १४ वर्षको उमेरमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाएका विमलले राष्ट्रिय टोलीबाट ९ गोल गरिसकेका छन् ।

मच्छिन्द्रले यसअघि मनिष डाँगी, सुनिल बलसँग सम्झौता गरिसकेको छ । रेजिन सुब्बा, विशाल राई, विशाल श्रेष्ठलगायतका पुराना खेलाडीसँग सम्झौता नविकरण गरिसकेको छ ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.