default_image

2 years ago

October 24, 2021

खुमलटारको जितमा जुमानुको दुई गोल

काठमाडौं (हाम्रो खेलकुद) – एफई खुमलटार भेट्रान्स क्लब, चितवन भेट्रान्स क्लब र श्री कुमारी भेट्रान्सले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा खुमलटारले ललितपुर वडा नम्बर १४ लाई ४–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खुमलटारको जितमा राष्ट्रिय फुटबल टोलीका पूर्व फरवार्ड जुमानु राईले […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एफई खुमलटार भेट्रान्स क्लब, चितवन भेट्रान्स क्लब र श्री कुमारी भेट्रान्सले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा खुमलटारले ललितपुर वडा नम्बर १४ लाई ४–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खुमलटारको जितमा राष्ट्रिय फुटबल टोलीका पूर्व फरवार्ड जुमानु राईले दुई तथा राजकुमार घिसिङ र रितेश खड्काले समान एक गोल गरे । जुमानु नै प्लेयर अफ दि म्याच चुनिए । ललितपुरले एक आत्मघाती गोल उपहार पाएको थियो ।

यस्तै चितवन भेट्रान्स क्लबले चितवन वेस्ट भेट्रान्सलाई ९–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
चितवनको जितमा रमेश थापाले ह्याट्रिक पुरा गरे । कप्तान रविन्द्र श्रेष्ठ र सुरेश कुमार श्रेष्ठले समान दुई तथा धरेन्द्र राज साई र कमल गुरुङले समान एक गोल गरे ।

अर्को खेलमा श्री कुमारी भेट्रान्सले झम्सिखेल भेट्रान्सलाई २–० ले हराएको छ । श्री कुमारीको जितमा देवेन्द्र भण्डारी र सकुल हमालले गोल गरे । अर्काे खेलमा विजय युथ क्लब हेटौडाले काभ्रे भेट्रान्सलाई ३–० ले पराजित गरेको छ । विजय युथका लागि कृष्ण शाक्यले दुई तथा उत्तर कुमार दाहालले एक गोल गरे ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.