default_image

2 years ago

October 24, 2021

युनाइटेड पहिलो हाफमा ४-० ले पछाडि

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफर्डमा चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलसँग पहिलो हाफमै ४ गोल खाएको छ । फरवार्ड मोहमद सलाहले सानदार प्रदर्शन गरेपछि लिभरपुलले पहिलो हाफमा ४-० को अग्रता लिएको हो । सलाहकै पासमा मिडफिल्डर नाबी केइटाले गोल गर्दै लिभरपुललाई पाँचौ मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि १४ औं […]

71 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफर्डमा चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलसँग पहिलो हाफमै ४ गोल खाएको छ ।

फरवार्ड मोहमद सलाहले सानदार प्रदर्शन गरेपछि लिभरपुलले पहिलो हाफमा ४-० को अग्रता लिएको हो । सलाहकै पासमा मिडफिल्डर नाबी केइटाले गोल गर्दै लिभरपुललाई पाँचौ मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि १४ औं मिनेटमा डिओगो जोटाले गोल गर्दै अग्रता दोब्बर पारे । युनाइटेडको कमजोर डिफेन्सको फाइदा उठाउँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको क्रसमा जोटाले खाली पोस्टमा गोल गरेका थिए ।

३८ औं मिनेटमा केइटाको पासमा गोल गर्दै सलाहले खेल ३-० को स्थितिमा ल्याए । इन्ज्युरी समयको पाँचौ मिनेटमा जोटाको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई ४-० ले अघि बढाए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.