default_image

2 years ago

October 25, 2021

डिबालाको गोलमा युभेन्ट्स हारबाट जोगियो

एजेन्सी – खेलको अन्तिम समयमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स इटालियन सिरी ‘ए’ मा इन्टर मिलानसँगको हारबाट जोगिएको छ । इन्टर मिलान र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेको हो । मिलानो इटालीमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको १७औं मिनेटमा इडेन जेकोको गोलबाट अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई इन्टरले […]

58 views

0 Bookmark

एजेन्सी – खेलको अन्तिम समयमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स इटालियन सिरी ‘ए’ मा इन्टर मिलानसँगको हारबाट जोगिएको छ ।

इन्टर मिलान र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेको हो । मिलानो इटालीमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको १७औं मिनेटमा इडेन जेकोको गोलबाट अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई इन्टरले अन्तिम समयसम्म जोगाउन सकेन ।

डेन्जेल डमफ्रेजले पेनाल्टी बक्समा एलेक्स सान्द्रोलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीको भिएआरको सहायता लिदै युभेन्ट्सलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।

युभेन्ट्सलाई पेनाल्टी दिएको विषयमा फोर्थ अफिसियलसँग विवाद गर्न पुगेपछि रेफ्रीले प्रशिक्षक सिमोन इन्जाघीलाई रातो कार्ड देखाएका थियो । यो बराबरीपछि इन्टर ९ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । युभेन्ट्स १५ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

अन्य नतिजा
एटलान्टा उडिनेस (१–१), फियोरेन्टिनाविरुद्ध क्याग्लिएरी (–०), हेलास भेरोनाविरुद्ध लाजियो (–१) र रोमाविरुद्ध नेपोली (०–०)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.