default_image

2 years ago

October 25, 2021

यू २३ एसियन कप छनोट-इरानको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा नेपाली युवा टोलीले सोमबार एएफसी यू २३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ । समूह ‘बी’ को पहिलो खेलमा नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । सोही प्रतियोगिताको तयारीका क्रममा शनिबार नेपालले इन्डोनेसियासँग खेलको मैत्रीपूर्ण खेल २–० ले गुमाएको थियो […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा नेपाली युवा टोलीले सोमबार एएफसी यू २३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ । समूह ‘बी’ को पहिलो खेलमा नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

सोही प्रतियोगिताको तयारीका क्रममा शनिबार नेपालले इन्डोनेसियासँग खेलको मैत्रीपूर्ण खेल २–० ले गुमाएको थियो । दोस्रो हाफमा सम्हालिन नसक्दा टोलीले गोल खाएको थियो । युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले थोरै समयको तयारीका वावजुद टोलीले उच्च प्रदर्शनको प्रयास गर्ने दोहोराएका छन् ।

आइतबार प्रि म्याच कन्फ्रेन्समा उनले भनेका, ‘हामीले तयारीका लागि थोरै समय मात्र पायौं । हामी केहि खेलाडी साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा थिए । त्यसका वावजुद पनि हामीले जति समय पायौं राम्रो गर्ने प्रयास गरेका छौं ।’ छनोटमा स्तरीय टोलीसँग खेल्नु पर्ने उल्लेख गर्दै उनले भनेका थिए , ‘तीन वटै प्रतिद्वन्द्वी स्तरीय टोली हुन् । त्यो वास्तविकतालाई हामीले स्वीकार्नुपर्दछ । त्यसका वावजुद पनि हामीले राम्रो नतिजाको आशा राखेका छौं ।’

युवा टोलीका गोलकिपर समेत रहेका कप्तान अपर्ण कार्कीले अभ्यास सत्र राम्रो भएको उल्लेख गर्दै भने, ‘इन्डोनेसियासँगको मैत्रीपूर्ण खेलले पनि हामीलाई मद्दत पुगेको छ । हामीले आफ्नो कमजोरी थाहा पाउन अवसर मिलेको छ । हामी आफ्नो उत्कृष्ट दिनका लागि तयार छौं ।’
साफ च्याम्पियनसिपको उपविजेता टोलीका ६ खेलाडी यू २३ मा समावेश छन् । जसमा डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान तथा फरवार्ड मनिष डाँगी छन् । त्यस्तै राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् ।

महर्जनले गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बरालमाथि भरोसा गरेका छन् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु पनि छन् । त्यस्तै मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखिलाई पनि उनले मौका दिएका छन् । आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का टोलीमा छन् ।

एएफसी यु–२३ एसियन कप छनोट कात्तिक ८ गतेदेखि १४ गते सम्म हुँदैछ । छनोटमा समूह ‘बी’ मा नेपालले इरानसँगै आयोजक ताजिकिस्तान र लेवनानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तान र कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

नेपाली यू २३ टोली

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.