default_image

2 years ago

October 25, 2021

एएफसी यू२३ छनोट : नेपाल इरानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा इरानसँग पराजित भएको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा ४ गोल खाँदा टोली ४-० ले पराजित भएको हो । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा इरानका लागि खेलको ४७ औं मिनेटमा मेहदीले गोल गरेका […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा इरानसँग पराजित भएको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा ४ गोल खाँदा टोली ४-० ले पराजित भएको हो ।

ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा इरानका लागि खेलको ४७ औं मिनेटमा मेहदीले गोल गरेका थिए । त्यसअघि इरानले पहिलो हाफमा पेनाल्टी चुकाएका थियो । इरानका लागि होसेनले खेलको ७७ औं र ७९ औं मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाए । यासिनले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

नेपालले अब विहिबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । अन्तिम खेल आइतबार लेबनानविरुद्ध हुनेछ । आज हुने समूहको अर्को खेलमा लेबनान र ताजिकिस्तान खेल्नेछन् । समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् ।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.