default_image

2 years ago

October 25, 2021

भनिमण्डल मेयर कपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– समूह चरणमा लगातार दोस्रो जित निकाल्दै भनिमन्डल भेट्रान क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा भनिमण्डलले बि आर ब्रदर्शलाई १–० ले हराएको थियो । समूह ‘बी’ बाट भनिमण्डलको त्यो लगातार दोस्रो जित हो । टोली समूहबाट अन्तिम आठमा पुग्न सफल भएको छ […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– समूह चरणमा लगातार दोस्रो जित निकाल्दै भनिमन्डल भेट्रान क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा भनिमण्डलले बि आर ब्रदर्शलाई १–० ले हराएको थियो ।

समूह ‘बी’ बाट भनिमण्डलको त्यो लगातार दोस्रो जित हो । टोली समूहबाट अन्तिम आठमा पुग्न सफल भएको छ । भनिमण्डलको जितमा पूर्व राष्ट्रिय खेलाडी प्रदिप महर्जनले ५८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । भनिमण्डलले आफ्नो पहिलो खेलमा न्युरोड टिम (एनआरटी) लाई २–० ले हराएको थियो ।

यस्तै अर्काे खेलमा फर्पिङ स्पोर्टस डेभलपमेन्टले फुटबल फेलोसिपलाई ११–० को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । फर्पिङको जितमा निरज श्रेष्ठले ४ गोल गर्दा गणेश लावतीले ह्याट्रिक पूरा गरे । नर कुमार राईले २ गोल तथा अनिल गुरुङ र सल्यान खड्गीले समान १ गोल गरे । लगातार दोस्रो हारसँगै फुटबल फेलोसिप प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । फुटबल फेलोसिपले पहिलो खेलमा नेपाल आर्मी भेट्रान्स क्लबसँग ७–१ को हार बेहोरेको थियो ।

त्यस्तै सोमबार अर्को खेलमा एसएनकेसीले बौद्ध भेट्रान्सलाई ४–० ले पराजित गरेको छ । एसएनकेसीको जितमा पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले २ तथा रमेश सिन्केमान र बिभोर गुरुङले समान १ गोल गरे ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख तथा दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । कात्तिक १६ गते सम्म चल्ने प्रतियोगितामा सहभागी २१ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष टोलीसँगै ७ समूहको उपविजेतामध्ये एक उत्कृष्ट टोली क्वाटरफाइनलमा पुग्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिको खेलाडी हुनुपर्नेछ । ३ जना ३५ वर्षमाथिको खेलाडी राख्न पाउने प्रावधान आयोजकले तय गरेको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.