default_image

3 years ago

October 25, 2021

च्यासलमा दुई क्यामरुनी खेलाडी आबद्ध

काठमाडौं (काठमाडौं) – ललितपुरको च्यासल युथ क्लबले यसै महिनाको अन्त्यमा सरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई लक्षित गर्दा दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । च्यासलले सोमबार पत्रकार सम्मेलन गर्दै क्यामरुनका २२ वर्षीय कित्वा यानिक र २५ वर्षीय मोउसा अबागानालाई १ वर्षको लागि अनुबन्ध गरेको हो । यि दुवै खेलाडीले पहिलो संस्करणको नेपाल सुपर […]

20 views

0 Bookmark

काठमाडौं (काठमाडौं) – ललितपुरको च्यासल युथ क्लबले यसै महिनाको अन्त्यमा सरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई लक्षित गर्दा दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

च्यासलले सोमबार पत्रकार सम्मेलन गर्दै क्यामरुनका २२ वर्षीय कित्वा यानिक र २५ वर्षीय मोउसा अबागानालाई १ वर्षको लागि अनुबन्ध गरेको हो । यि दुवै खेलाडीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सबाट खेलेका थिए ।

दुवैले एनएसएलमा गरेको प्रदर्शन हेरेर नै क्लबमा अनुबन्ध गरेको क्लबका अध्यक्ष रमेश व्यन्जकारले बताए । यसअघि च्यासलले विदेशी खेलाडीकै कोटामा नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गरिसकेको छ । अब च्यासलले दक्षिण एसियाली राष्ट्रबाट खेलाडी अनुबन्ध गर्न बाँकी छ ।

च्यासलले यो सिजन नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान विराज महर्जन र कमल श्रेष्ठलाई अनुबन्ध गरिसकेको छ । १४ क्लबको सहभागितामा ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.