default_image

2 years ago

October 26, 2021

म्याराडोना कपमा बार्सिलोना र बोका जुनियर्स भिड्ने

एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको सम्झनामा क्याटलान क्लब बार्सिलोना र अर्जेन्टिनी क्लब बोका जुनियर्सबीच मैत्रीपूर्ण खेल हुने भएको छ । म्याराडोनाको सम्झनामा स्पेनिस क्लब र अर्जेन्टिनी क्लबबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । साउदी अरेबियामा आयोजना हुने मैत्रीपूर्ण खेल डिसेम्बर १४ मा हुनेछ । मैत्रीपूर्ण खेल ‘म्याराडोना कप’ को नामले […]

88 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको सम्झनामा क्याटलान क्लब बार्सिलोना र अर्जेन्टिनी क्लब बोका जुनियर्सबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।

म्याराडोनाको सम्झनामा स्पेनिस क्लब र अर्जेन्टिनी क्लबबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । साउदी अरेबियामा आयोजना हुने मैत्रीपूर्ण खेल डिसेम्बर १४ मा हुनेछ । मैत्रीपूर्ण खेल ‘म्याराडोना कप’ को नामले हुनेछ ।

म्याराडोनाले बोका जुनियर्सबाट आफ्नो ब्यावसायिक फुटबल करियर सुरु गरेका थिए । उनले सन् १९८१–८२ र पुन १९९५ देखि १९९७ सम्म बोका जुनियर्सको निलो र पहेँलो सर्ट लगाएका थिए । म्याराडोना सन् १९८२ मा ब्युनर्स आयर्सबाट क्याटलान क्लब बार्सिलोना पुगेका थिए । उनले दुई सिजन बार्सिलोनामा बिताउँदा कोपा डेल रे र स्पेनिस सुपर कप जित्न सफल भएका थिए ।

म्याराडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.