default_image

2 years ago

October 26, 2021

रोनाल्डोको करिअरका १० फराकिलो हार

एजेन्सी – प्रिमियर लिगमा आइतबार लिभरपुलसँग ५–० ले पराजित भएसँगै म्यानचेष्टर युनाइटेडका प्रशिक्षक र खेलाडीको चौतर्फी आलोचना सुरु भएको छ । खेलाडीमध्येपनि युनाइटेडमा यसै सिजन पूनरागमन गरेको क्रिस्टियानो रोनाल्डोमाथि बढी टिप्पणी हुने गरेका छ । लिभरपुलले नियन्त्रणमा राखेको खेलमा रोनाल्डोसहित अधिकांश खेलाडी निरिह सावित भएका थिए । लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो […]

58 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगमा आइतबार लिभरपुलसँग ५–० ले पराजित भएसँगै म्यानचेष्टर युनाइटेडका प्रशिक्षक र खेलाडीको चौतर्फी आलोचना सुरु भएको छ । खेलाडीमध्येपनि युनाइटेडमा यसै सिजन पूनरागमन गरेको क्रिस्टियानो रोनाल्डोमाथि बढी टिप्पणी हुने गरेका छ ।

लिभरपुलले नियन्त्रणमा राखेको खेलमा रोनाल्डोसहित अधिकांश खेलाडी निरिह सावित भएका थिए । लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो । टोलीका लागि मोहम्मद सलाहले ह्याट्रिक पूरा गरेका थिए । नाबी केइटा र डिएगो जोटाले एक गोल गरेका थिए ।

यसअघि रोनाल्डो सम्मलित युनाइटेडले लिभरपुलसँग ४–१ को हार बेहोरेको थियो । यसै साताको हार रोनाल्डोको खेल जीवनको सबैभन्दा खराब नतिजा मध्येको एक हो । दुई दशक लामो खेल जीवनमा यसअघि सन् २०१० मा रोनाल्डो सम्मिलित रियल म्याड्रिड बार्सिलोनासँग ५–० ले पराजित भएको थियो ।

रोनाल्डो सम्मिलित टोलीले अहिले सम्म ८ पटक ४ वा त्यो भन्दा बढीको अन्तरमा पराजय भोगेको छ । रोनाल्डो खेलेको २००८ को एक मैत्रीपूर्ण खेलमा पोर्चुगल ब्राजिलसँग ६–२ ले पराजित भएको थियो । रोनाल्डोको खेल जीवनका खराब दश नतिजा तल उल्लेख गरिएको छ । ती १० हारमा रोनाल्डोले ३ पटक मात्र गोल गर्न सकेका छन् ।

रोनाल्डो सम्मलित टोलीको खराब नतिजा

प्रतियोगिता क्लब मिति खेल रोनाल्डोको गोल

ला लिगा रियल २९ नोभेम्बर २०१० बार्सिलोना ५–० रियल –

प्रिमियर लिग युनाइटेड २४ अक्टुबर २०२१ युनाइटेड ०–५ लिभरपुल –

ला लिगा रियल ७ फेब्रुअरी २०१५ एट्लेटिको ४– ० रियल –

ला लिगा रियल २१ नोभेम्बर २०१५ रियल ०– ४ बार्सिलोना –

प्रिमियर लिग युनाइटेड १४ मार्च २००४ म्यानचेस्टर सिटी ४–१ युनाइटेड –

प्रिमियर लिग युनाइटेड २९ अक्टुबर २००५ मिडल्सब्रो ४–१ युनाइटेड १

प्रिमियर लिग युनाइटेड १४ मार्च २००९ युनाइटेड १–४ लिभरपुल १

च्याम्पियन्स लिग रियल २४ अप्रिल २०१३ बेरुसिया डर्टमन्ड ४–१ रियल १

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पोर्चुगल २० नोभेम्बर २००८ ब्राजिल ६–२ पोर्चुगल –

विश्व कप २०१४ पोर्चुगल १६ जुन २०१४ जर्मनी ४–० पोर्चुगल –

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.