default_image

2 years ago

October 26, 2021

झापा र पोखराको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – झापा भेट्रान्स फुटबल क्लब र पोखरा भेट्रान्सले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा सानदार जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा झापाले विजय युथ हेटौडालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । झापाको जितमा नरेन्द्र मणी लिम्बुले ४ तथा श्याम कुमार गोलेले एक गोल […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – झापा भेट्रान्स फुटबल क्लब र पोखरा भेट्रान्सले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा सानदार जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा झापाले विजय युथ हेटौडालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । झापाको जितमा नरेन्द्र मणी लिम्बुले ४ तथा श्याम कुमार गोलेले एक गोल थपे । हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काए । यस जितसँगै समूह ‘ई’ मा झापाले ३ अंक जोडेको छ । पहिलो हार बेहोरेको हेटौडाको ३ अंक छ । हेटौडाले पहिलो खेलमा काभ्रे भेट्रान्सलाई हराएको थियो ।

अर्काे खेलमा साइनिङ सन फुटबल एकेडेमीले ललितपुर वार्ड नम्बर १४ लाई २–० ले पराजित गरेको छ । साइनिङको जितमा उमेश लामा र राजु दंगालले एक एक गोल गरे ।

अर्काे खेलमा पोखरा भेट्रान्सले श्री कुमारी भेट्रान्सलाई ७–० ले पराजित गरेको छ । पोखराको जितमा विजय गुरुङ र मनोज गुरुङले ह्याट्रिक पुरा गर्दा सन्जय गुरुङले एक गोल थपे ।

प्रतियोगितामा विजेता टोलीले ५ लाख तथा दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र लगनखेलमा रहेको आर्मीको खेल मैदानमा हुनेछ । प्रतियोगिता कात्तिक १६ गते सम्म चल्नेछ । प्रतियोगिताका सहभागी २१ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीसँगै ७ समूहको उपविजेतामध्ये एक उत्कृष्ट टोली क्वाटरफाइनलमा पुग्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिको खेलाडी हुनुपर्नेछ । ३ जना ३५ वर्षमाथिको खेलाडी राख्न पाउने प्रावधान आयोजकले तय गरेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.