default_image

2 years ago

October 30, 2021

फाती नखेल्ने, डेम्बेलेको सम्भावना

एजेन्सी – बार्सिलोनाका युवा स्टार अन्सु फातीले ला लिगामा लगातार दोस्रो खेल गुमाउने भएका छन् । अलाभेजसँग शनिबार हुने खेलमा फाती हुने छैनन् । साताको मध्यममा रायो भालेसानोविरुद्धको खेलमा पनि दायाँ घुँडाको चोट कारण फातीले खेलेनन् । त्यसअघि रियल म्याड्रिडविरुद्धको एल क्लासिकोका दौरान डेभिड अल्भासँग ठोक्किदा उनको घुँडामा चोट लागेको थियो । जसका कारण ७४ […]

106 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका युवा स्टार अन्सु फातीले ला लिगामा लगातार दोस्रो खेल गुमाउने भएका छन् । अलाभेजसँग शनिबार हुने खेलमा फाती हुने छैनन् । साताको मध्यममा रायो भालेसानोविरुद्धको खेलमा पनि दायाँ घुँडाको चोट कारण फातीले खेलेनन् ।

त्यसअघि रियल म्याड्रिडविरुद्धको एल क्लासिकोका दौरान डेभिड अल्भासँग ठोक्किदा उनको घुँडामा चोट लागेको थियो । जसका कारण ७४ औं मिनेटमा उनको ठाँउमा सर्जियो अगुएरोलाई मैदान प्रवेश गराइएको थियो । अगुएरोले बार्सिलोनाका लागि गोल गरेपछि एल क्लासिकोमा रियल २–१ ले विजयी भएको थियो ।

चोटका कारण झण्डै एक वर्ष मैदान बाहिर रहेका फाती केहि साता अघिबाट मात्र मैदान फर्केका हुन् । लामो समयपछिको पूनरागमन गर्दा फातीले पुरानै लयको झल्को दिएका थिए । उनले सुरुवाती दुई खेलमा नै गोल गरेका थिए । बार्सिलोनाले फाती मंगलबार डेनोमो किभविरुद्ध हुने च्याम्पियन्स लिगको समूह चरणमा भने फर्कने अपेक्षा गरेको छ ।

डेम्बेले खेल्छन् ?

ओसमानो डेम्बेलेले चोटका कारण यो सिजन खेलेका छैनन् । ह्यामस्ट्रिङ समस्याका कारण उनी लामो समयदेखि मैदान बाहिर रहँदै आएका छन् । गत मेमा इल्बारविरुद्ध उनले पछिल्ले पटक खेलेका थिए । यो साता प्रशिक्षणमा फर्केका डेम्बेले शनिबारको खेलाडीको सुचीमा रहन सक्छन् ।

यद्दपी बार्सिलोना उनको चोटलाई लिएर सचेत छ । विगतमा पनि चोट कारण उनी पटक पटक मैदान बाहिर रहँदै आएका छन् । बार्सिलोनका अन्तरिमक प्रशिक्षक सर्जी बार्जुआनले बार्सिलोना बीका युवा खेलाडी एब्डे इजालजोली र अल्भारो सान्जलाई पहिलो टोलीको अभ्यासमा बोलाएका छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.