default_image

2 years ago

October 28, 2021

लिभरपुल र लेस्टर कारवाओ कपको क्वाटरफाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल र लेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।लिभरपुलले च्याम्पियनसिप क्लब प्रिस्टनलाई उसकै मैदानमा २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । लिभरपुलको जितमा ताकुमी मिनामिनो र डिभोक ओरिगीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । अर्काे […]

28 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल र लेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।लिभरपुलले च्याम्पियनसिप क्लब प्रिस्टनलाई उसकै मैदानमा २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

लिभरपुलको जितमा ताकुमी मिनामिनो र डिभोक ओरिगीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । अर्काे खेलमा लेस्टर सिटीले प्रिमियर लिग क्लब ब्राइटनलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो । जसमा लेस्टरले बाजी मा¥यो । पेनाल्टीमा लेस्टरका जेम्स म्याडिसन, हार्वे बार्नेस, पाटसन डाँका र रिकार्डाे पेरेइराले गोल गर्दा ब्राइटनका पास्कल ग्रस र एलेक्सी म्याक एलिस्टेरले गोल गरे । निल माउपे र इनक विपुले गोल गर्न सकेनन् ।

त्यसअघि लेस्टरको घरेलु मैदान किङ पाुवर स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोलीले छैटौं मिनेटमा हार्वे बार्नेसको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एडाम वेवस्टेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफकै इन्ज्युरी समयमा एडेमोला लुकमानले गोल गर्दै लेस्टरलाई २–१ ले अघि बढाए । ७१औं मिनेटमा इनक विपुले गोल गर्दै खेललाई अतिरिक्त र पेनाल्टीमा लम्ब्याएका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.