default_image

2 years ago

October 28, 2021

फराकिलो हारसँगै नेपाल यू-२३ छनोटबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । विहीबार आयोजक ताजिकिस्तानसँग ६-० को फराकिलो हार बेहोर्दै नेपालको छनोट हुने सम्भावना समाप्त भएको हो । प्रशिक्षक बालगोपाल महर्जनले पुन: एकपटक बलियो टोलीविरुद्ध डिफेन्समा मिडफिल्डका खेलाडीलाई उतार्दा नेपालले फराकिलो हार बेहोरेको हो । पहिलो हाफमा ३-० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा पनि […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । विहीबार आयोजक ताजिकिस्तानसँग ६-० को फराकिलो हार बेहोर्दै नेपालको छनोट हुने सम्भावना समाप्त भएको हो ।

प्रशिक्षक बालगोपाल महर्जनले पुन: एकपटक बलियो टोलीविरुद्ध डिफेन्समा मिडफिल्डका खेलाडीलाई उतार्दा नेपालले फराकिलो हार बेहोरेको हो । पहिलो हाफमा ३-० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा पनि ३ गोल खाएको थियो ।

पहिलो खेलमा इरानसँग ४-० ले पराजित नेपाली टोलीले पुन: एकपटक एसियन यू-२३ छनोटमा गोल गर्न सकेन । अघिल्लो दुवै प्रतियोगितामा गोलविहिन नेपालले पुन: एकपटक खेलमा विपक्षीलाई दबाब दिन सकेन । काउन्टर अट्याकमा भर परेको नेपालले खासै बल पोसेसन राख्न पनि सकेन ।

समूह अन्तर्गत विहीबार नै भएको पहिलो खेलमा इरानले लेबनानलाई २-० ले पराजित गरेको थियो । पहिलो खेलमा ताजिकिस्तानसँग १-० ले पराजित लेबनानको पनि छनोट हुने सम्भावना सकिएको छ । इरान र ताजिकिस्तानको ६-६ अंक हुँदा नेपाल र लेबनान अंकविहिन छन् । अब नेपाल र लेबनानले अन्तिम खेलमा एक अर्काको सामना गर्नेछन् । त्यस्तै इरान र ताजिकिस्तानबीच समूह विजेता बन्नका लागि प्रतिस्पर्धा हुनेछ ।

समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.