default_image

2 years ago

October 29, 2021

मिलानलाई पछि पार्दै नेपोली शीर्षस्थानमा उक्लियो

एजेन्सी – बोलोग्नामाथि सहज जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा नेपोलीले बोलोग्नालाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा बिहीबार राति भएको खेलमा नेपोलीको जितमा इटालियन मिडफिल्डर लोरेन्जो इन्सिग्नेले दुई तथा फावियनले एक गोल गरे । घरेलु मैदानम नेपोलीले खेलको १८औं मिनेटमा फावियनको […]

23 views

0 Bookmark

एजेन्सी – बोलोग्नामाथि सहज जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा नेपोलीले बोलोग्नालाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा बिहीबार राति भएको खेलमा नेपोलीको जितमा इटालियन मिडफिल्डर लोरेन्जो इन्सिग्नेले दुई तथा फावियनले एक गोल गरे ।

घरेलु मैदानम नेपोलीले खेलको १८औं मिनेटमा फावियनको गोलबाट अग्रता लिन सफल भयो । उनले इल्जिफ इल्मासको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा ग्यारी मेडेलले हातले बल छोएपछि रेफ्रीले भिएआरको सहायता लिदै नेपोलीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा इन्सिग्ने चुकेनन् ।

६२औं मिनेटमा इन्सिग्नेले पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै नेपोलीको जित पक्का गरे । इब्राहिमा एमबायले पेनाल्टी बक्समा भिक्टर ओसिमहेनलाई फल गरेपछि रेफ्रीले नेपोलीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा इन्सिग्ने चुकेनन् ।

जितपछि नेपोलीको १० खेलबाट २८ अंक रहेको छ । समान २८ अंक नै रहेपनि मिलान गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित बोलोग्ना १२ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.