default_image

9 years ago

November 15, 2016

मकाउविरुद्ध नेपालको सम्भावित पहिलो रोजाई यस्तो हुन सक्छ

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध उत्रदा टोलीमा धेरै परिवर्तन गर्ने सम्भावना कम छ ।

img_9491

पछिल्ला तीन खेलमा लगातार सफलता प्राप्त गरेको नेपालले धेरै परिवर्तन गरेको छैन । लाओसविरुद्धको सेमिफाइनलमा २–२ को बराबरीपछि नेपाल टाइब्रेकरमा ३–० ले विजयी भएको थियो । फाइनलमा सेमिफाइनलका नायक रहेका गोलकिपर किरण चेम्जोङसँगै रक्षापक्तिमा कप्तान विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ र आदित्य चौधरी यथावत रहनेछन् ।

मिडफिल्डमा सुजल श्रेष्ठ, विमल घर्तीमगर, विक्रम लामा खेल्ने निश्चित छ । एउटा ठाँउमा अन्जन विष्ट वा हेमन गुरुङमध्ये एक खेल्न सक्छन् । फरवार्डमा नवयुग श्रेष्ठ र भरत खवासकै निरन्तरता हुनेछ । पहिलो खेलमा भरत बेन्चमा थिए भने अन्जन र हेमन दुवै खेलेका थिए । दोस्रोमा भरत पहिलो रोजाइमा परेका थिए भने अन्जनलाई आराम दिइएको थियो ।

सेमिफाइनलमा भरत र अन्जन दुवै खेलेपछि हेमनलाई बेन्चमा राखिएको थियो । पहिलो रोजाइमा यीनै तीन खेलाडीबाहेक अन्य भने यथावत छन् । फाइनलमा पनि अन्जन र हेमनमध्ये एक र बाँकी खेलाडी यथावत रहने सम्भावना छ ।

मकाउविरुद्ध नेपालको सम्भावित ११:

किरण चेम्जोङ (गोलकिपर)

विराज महर्जन( कप्तान), रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी

सुजल श्रेष्ठ, विक्रम लामा, विमल घर्तीमगर, अन्जन विष्ट (हेमन गुरुङ)

भरत खवास, नवयुग श्रेष्ठ

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.