default_image

2 years ago

October 30, 2021

बेन्जेमा रियलको टोलीबाट बाहिर

एजेन्सी – यो सिजन उच्च लयमा रहेका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको टोलीबाट बाहिरिएका छन् । प्रशिक्षक कार्लाे एन्सेलोटीले स्पेनिस ला लिगामा इल्चेविरुद्धको खेलका लागि बेन्जेमालाई टोलीमा समेटेका छैनन् । रियलले आज (शनिबार) राति इल्चेको सामना गर्दैछ । खेल इल्चेको मैदानमा ५ः४५ बजे हुनेछ । बेन्जेमाले च्याम्पियन्स लिगमा सेरिफसँग पराजित भएको खेलमा […]

90 views

0 Bookmark

एजेन्सी – यो सिजन उच्च लयमा रहेका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको टोलीबाट बाहिरिएका छन् । प्रशिक्षक कार्लाे एन्सेलोटीले स्पेनिस ला लिगामा इल्चेविरुद्धको खेलका लागि बेन्जेमालाई टोलीमा समेटेका छैनन् ।

रियलले आज (शनिबार) राति इल्चेको सामना गर्दैछ । खेल इल्चेको मैदानमा ५ः४५ बजे हुनेछ । बेन्जेमाले च्याम्पियन्स लिगमा सेरिफसँग पराजित भएको खेलमा चोट बोक्न पुगेका थिए । चोटका बावजुत पनि बेन्जेमाले रियलले खेलेको पछिल्लो सबै चार खेलसँगै फ्रान्सबाट विश्वकप छनोट खेलेका थिए । बेन्जेमा शुक्रबारको प्रशिक्षण क्याम्पमा सहभागी भएनन् ।

यो सिजन बेन्जेमा सबैभन्दा धेरै मिनेट खेल्ने रियलका तेस्रो खेलाडी हुन् । उनीभन्दा अघि थिवाउट कोर्टुवा र इडर मिलिसाओले बढी मिनेट खेलेका छन् । बेन्जेमाको अनुपस्थितिमा रियललाई अग्रपङ्तिमा समस्या पर्न सक्नेछ । तर, भिनिसियस जुनियर, रोड्रिगो, इडेन हाजार्ड, लुका जोभिक टोलीमा रहेका छन् । बेन्जेमाले यो सिजन ला लिगामा १० खेल खेल्दा ९ गोल र ७ असिस्ट दिएका छन् ।

इल्चेविरुद्ध रियलको टोली

गोलरक्षक – थिवाउट कोर्टुवा, एन्ड्री लुनिन र टोनी फुइडिएस

डिफेन्डर – ड्यानी कार्भाजल, फर्लान्ड मेन्डी, इडर मिलिसाओ, डेभिड अलावा, जेसस भालेजो, नाँचो फर्नान्डेस र मार्सेलो

मिडफिल्डर – टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, इडुआर्ड कामाभिंगा, लुकास भास्क्वेज, एन्टेनियो ब्लान्को र इस्को

फरवार्ड – इडेन हाजार्ड, मार्काे एसेन्सियो, लुका जोभिक, रोड्रिगो, मारियानो डियाज र भिनिसियस जुनियर

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.