default_image

2 years ago

October 30, 2021

नेपाल र लेबनान भोली भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– ताजिकिस्तानमा रहेको नेपाली युवा टोली सुखद अन्त्यको अपेक्षाका साथ आइतबार लेवनानविरुद्ध उत्रनेछ । एएफसी यू २३ को समूह चरणमा प्रतिस्पर्धा गर्न गएको नेपाली टोलीले सुरुवाती दुई खेलमा पराजय भोगेको थियो । नेपाल र लेबनानबीचको खेल आइतबार दिउँसो ४ः४५ बजे रिपलिब्लकन सेन्ट्रल स्टेडियममा सुरु हुनेछ । नेपाल मात्र होइन लेबनानले पनि अघिल्ला दुवै […]

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ताजिकिस्तानमा रहेको नेपाली युवा टोली सुखद अन्त्यको अपेक्षाका साथ आइतबार लेवनानविरुद्ध उत्रनेछ । एएफसी यू २३ को समूह चरणमा प्रतिस्पर्धा गर्न गएको नेपाली टोलीले सुरुवाती दुई खेलमा पराजय भोगेको थियो ।

नेपाल र लेबनानबीचको खेल आइतबार दिउँसो ४ः४५ बजे रिपलिब्लकन सेन्ट्रल स्टेडियममा सुरु हुनेछ । नेपाल मात्र होइन लेबनानले पनि अघिल्ला दुवै खेल गुमाइसकेको छ । त्यसअर्थ समूह चरणको अन्तिम खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइन हुनेछ ।
इरानसँगको पहिलो खेल ४–० ले गुमाएको नेपालले आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको थियो । समूह बीमा नेपाल र लेबनान अंकविहिन छन् । समान ६ अंक जोेडेका ताजिकिस्तान शीर्षस्थान र इरान दोस्रो स्थानमा छ ।

समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.