काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल समर्थकको ध्यान आज फेरि एकपटक मेलेसियाको कुचिङ जारी एएफसी सोलिडारिटी कपमा हुनेछ । जहाँ नेपाली राष्ट्रिय टोली सोलिडारिटी कपको फाइनलमा मकाउको सामना गर्दैछ । स्वभाविक छ, मेहनतका साथ फाइनल पुगेका दुवै टोली उपाधि उचाल्ने विश्वासका साथ आज साँझ नेपाली समय अनुसार ५ः१५ मा एक अर्काविरुद्ध उत्रदैछन् । सेमिफाइनलमा नेपालले लावसलाई र मकाउले ब्रुनाईलाई टाइब्रेकरमा हराएर एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
नेपाल र मकाउबीच यसअघिका पाँच खेलको अवस्था
सन् १९९७ विश्वकप छनोट १९९८
नेपाल १–१ मकाउ (मस्कट)
नेपाल १–२ मकाउ (टोकियो)
सन् २००१ विश्वकप छनोट २००२
नेपाल ४–१ मकाउ, बग्दाद (इराक)
नेपाल ६–१ मकाउ ,अलामती (काजाकस्तान)
सन् २००८ एएफसी च्यालेन्जकप छनोट
नेपाल ३–२ मकाउ (कम्बोडिया)