default_image

2 years ago

October 30, 2021

हिमालयन शेर्पा बेलबारी गोल्डकपको सेमिफाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन टोली हिमालयन शेर्पा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शनिबार उदपुरको गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमायन शेर्पा अन्तिम चारमा पुगेको हो । हिमालयन शेर्पालाई जित दिलाउनका लागि मनीष थापा, सेबी गुरुङ र विश्वास श्रेष्ठले गोल गरे […]

43 views

0 Bookmark

बेलबारी (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन टोली हिमालयन शेर्पा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शनिबार उदपुरको गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमायन शेर्पा अन्तिम चारमा पुगेको हो ।

हिमालयन शेर्पालाई जित दिलाउनका लागि मनीष थापा, सेबी गुरुङ र विश्वास श्रेष्ठले गोल गरे । १९ औं मिनेटमा मनीषको गोलबाट हिमालयन शेर्पाले अग्रता लिएको थियो । गाइघाटविरुद्ध सेबीले ५५ औं र विश्वासले ७१ औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे । विजेता टोलीका विशन गुरुङ खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे । बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले विशनलाई पुरस्कृत गरे ।

८ टोलीको सहभागितामा जारी प्रतियोगितामा ३ ए डिभिजन टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ए डिभिजन लिगको तयारीमा रहेका टोलीमध्ये हिमालयन र शुक्रबार अर्को टोली एपिएफ पनि बेलबारी गोल्डकपको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली च्यासल युथ क्लब भने पहिलो खेलमै पराजित भएको थियो । प्रतियोगितामा आइतबार घरेलु टोली डागीहाट युथ क्लबले राजारानीको रारा फुटबल क्लबको सामना गर्नेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.