default_image

2 years ago

October 30, 2021

मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौं आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा थप ३ वर्षको सम्झौता गरेका कुवेती अब्दुल्ला अलमुताइरी शनिबार काठमाडौं आइपुगेका छन् । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनल सम्मको यात्रा तय गराएका अलमुताइरी त्यहिबाट कतार गएका थिए । त्यसबीचमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङसँगको छलफल पछि अलमुताइरीले नेपाली टोलीको मुख्य […]

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा थप ३ वर्षको सम्झौता गरेका कुवेती अब्दुल्ला अलमुताइरी शनिबार काठमाडौं आइपुगेका छन् ।


माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनल सम्मको यात्रा तय गराएका अलमुताइरी त्यहिबाट कतार गएका थिए । त्यसबीचमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङसँगको छलफल पछि अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा अझै तीन वर्ष रहने सहमति रहेको बताएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका सदस्य समेत रहेका नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरेका थिए ।

उनको पछिल्लो सम्झौता भने सन् २०२२ को सेप्टेम्बर सम्म रहेको थियो । नयाँ सम्झौता अनुसार उनी २०२४ सम्म नेपाली टोलीको प्रशिक्षक रहनेछन् । २८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा नेपाललाई फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका छन् । असोज ३० गते भएको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो ।

अलमुताइरीको नेतृत्वमा नेपाली टोलीले पछिल्लो ७ महिनामा ११ खेल खेलेको छ । जसमा टोलीले ३ खेल जितेका छन् भने २ खेलमा बराबरी र ६ खेलमा हार बेहोरेको थियो । विश्व कप र एसिया कपमा अन्तिम ३ मध्ये चाइनिज ताइपेलाई जितेको नेपाली टोलीले अष्ट्रेलिया र जोर्डनसँगको खेल समान ३–० ले गुमाएको थियो । त्यसअघि टोलीले उनको नेतृत्वमा पहिलो खेल इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । त्यो खेल नेपालले ६–२ ले गुमाएको थियो ।

त्यसपछि भदौमा नेपाल र भारतले २ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल १–१ को बराबरी र दोस्रो खेलमा भारत २–१ ले विजयी भएको थियो । साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्स १–०, श्रीलंकालाई ३–२ ले हरायो भने बंगलादेशसँग १–१ को बराबरी खेल्यो । राउन्ड रोविनमा भारतसँगको खेल पनि नेपालले १–० ले गुमाएको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.