default_image

2 years ago

October 30, 2021

क्रिस्टल प्यालेससँग सिटी स्तब्ध

एजेन्सी – प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी शनिबार क्रिस्टल प्यालेससँग पराजित भएको छ । विलफ्रिड जाहा र कोनर गालाघेरले दुई हाफमा एक एक गोल गरेपछि १० खेलाडीमा सिमित सिटीमाथि क्रिस्टिल प्यालेसले २–० को जित हासिल गरेको थियो । जाहाको गोलमा प्यालेसले छैटौं मिनेटमै लिएको थियो । लिगमा जाहाको त्यो ५० औंं गोल हो […]

31 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी शनिबार क्रिस्टल प्यालेससँग पराजित भएको छ । विलफ्रिड जाहा र कोनर गालाघेरले दुई हाफमा एक एक गोल गरेपछि १० खेलाडीमा सिमित सिटीमाथि क्रिस्टिल प्यालेसले २–० को जित हासिल गरेको थियो ।


जाहाको गोलमा प्यालेसले छैटौं मिनेटमै लिएको थियो । लिगमा जाहाको त्यो ५० औंं गोल हो । काउन्टर अट्याकमा गालाघेरको पासमा जाहाले गोल गरेका थिए । सिटीका लागि पहिलो हाफको इन्जुरी समय खराब रह्यो । जाहालाई पेनाल्टी बक्समा लडाएपछि एमिरिक लार्पोटेलाई रातो कार्ड दिएको थियो । जसका कारण सिटी १० खेलाडीमा सिमित भयो ।

गाब्रियल जिससले ६० औं मिनेटमा सिटीका लागि बराबरी गोल फकाएपनि भिएआरमा अफसाइड देखिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा गालाघेरले गोल गर्दै प्यालेसको जित पक्का गरे । प्यालेस १२ अंकका साथ १३ औं स्थानमा उक्लेको छ । शीर्षस्थानको चेल्सीको भन्दा ५ अंक कम रहेको सिटी २० अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.