default_image

2 years ago

October 31, 2021

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग बराबरीमा रोकिएको छ । अग्रता जोगाउन नसक्दा बार्सिलोना एलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको हो । क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गर्दा एलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए ।८० प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनाले एलाभेसलाई हराउन सकेन । ४९औं मिनेटमा मेम्फिस […]

81 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग बराबरीमा रोकिएको छ । अग्रता जोगाउन नसक्दा बार्सिलोना एलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गर्दा एलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए ।
८० प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनाले एलाभेसलाई हराउन सकेन ।

४९औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए । तर बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । ५२औं मिनेटमा लुइस रियोजाले जोसेलुको पासमा बराबरी गोल फर्काए ।

त्यसपछि थप गोल निस्कन नसक्दा अन्तरिम प्रशिक्षक सेर्जी बरजुआनको पहिलो खेलमा बार्सिलोनाले जित निकाल्न सकेन । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानको बर्खास्तीपछि बार्सिलोनाले सेर्जीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको थियो ।

यो बराबरीपछि बार्सिलोना ११ खेलबाट १६ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग ९ अंकले पछि परेको छ । एलाभेस १० अंक जोडेर १६औं स्थानमा रहेको छ ।

अन्य नतिजा

सेभियाविरुद्ध ओसासुना (–०) र भ्यालेन्सियाविरुद्ध भिल्लारियल (–०)

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.