default_image

2 years ago

October 31, 2021

थप संकटमा बार्सिलोना

एजेन्सी – बार्सिलोनाको समस्या घट्नुको सट्टा बढी रहेको छ । यसैपनि चोटग्रस्त खेलाडीको लामो सुची रहेको बार्सिलोनालाई शनिबार एलाभेससँग खेल्दा समस्या थपिएको छ । खेलाडीको समस्याका कारण अन्तरिम प्रशिक्षक सर्जी बार्जुवाले खेलका दौरान दुई परिवर्तन गर्न बाध्य भए । सर्जियो अगुएरोलाई सास फेर्न गाह्रो भएपछि पहिलो हाफमा उनलाई परिवर्तन गर्नुपरेको थियो । अर्जेन्टिनी फरवार्डलाई थप […]

29 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाको समस्या घट्नुको सट्टा बढी रहेको छ । यसैपनि चोटग्रस्त खेलाडीको लामो सुची रहेको बार्सिलोनालाई शनिबार एलाभेससँग खेल्दा समस्या थपिएको छ । खेलाडीको समस्याका कारण अन्तरिम प्रशिक्षक सर्जी बार्जुवाले खेलका दौरान दुई परिवर्तन गर्न बाध्य भए ।

सर्जियो अगुएरोलाई सास फेर्न गाह्रो भएपछि पहिलो हाफमा उनलाई परिवर्तन गर्नुपरेको थियो । अर्जेन्टिनी फरवार्डलाई थप उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको थियो । चोटका कारण सिजनको सुरुवात गर्न नसकेका अगुएरोको शनिबारको पाँचौ खेल थियो । मेम्फिस डेपाएसँग जोडी बनेर उनले बार्सिलोनाको आक्रमण सम्हालेका थिए । चोटका कारण जेरार्ड पिकेले ६८ औं मिनेटमा मैदान छाड्न परेको थियो । क्लिमेन्ट लेंगलेटले उनको ठाँउ लिएका थिए ।

टोलीमा फ्रान्की डी जोङ, आन्सु फाती, मार्टिन ब्रेथवेट, सर्जी रोर्बेटो, पेड्री, रोनाल्ड अराजु र ओसमान डेम्बेले चोटग्रस्त छन् । यस्तोमा टोलीले मंगलबार च्याम्पियन्स लिगमा डेनोमो किभको सामना गर्नुपर्नेछ । यसअघिको खेलमा पराजित भएपछि टोलीले रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो । उनको बर्खास्तीपछिको पहिलो खेलमा टोलीले एलाभेसँग १–१ को बराबरी खेलेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.