default_image

2 years ago

October 31, 2021

खेलकुद मन्त्रीको निमन्त्रणामा अलमुताइरी मन्त्रालय पुगे

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं फर्केको भोली पल्ट आइतबार राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजसँग भेट गरेका छन् । मन्त्री गहतराजले उनलाई सिंहदरबारस्थित मन्त्रालयमा अलमुताइरीलाई स्वागत गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय समेत रहेको मधुसुदन उपाध्यायका अनुसार मन्त्री गहतराजले अलमुताइरीलाई स्वागत गर्दै फुटबल […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं फर्केको भोली पल्ट आइतबार राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजसँग भेट गरेका छन् । मन्त्री गहतराजले उनलाई सिंहदरबारस्थित मन्त्रालयमा अलमुताइरीलाई स्वागत गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय समेत रहेको मधुसुदन उपाध्यायका अनुसार मन्त्री गहतराजले अलमुताइरीलाई स्वागत गर्दै फुटबल विकासका लागि जुनसुकै सहयोग गर्न पनि मन्त्रालय तयार रहेको आवश्वासन दिएका छन् । तपाई फर्केन नआनुहोला भन्ने चिन्ता थियो । आउनु भयो खुसी लाग्यो, मन्त्रीलाई उद्धत गर्दै उपाध्यायले भने,‘ कुनै पनि अप्ठेरो परेको अवस्थामा हामी त्यसको सामाधान गर्न तयार छौं । छलफल गरे अघि बढ्न सकिन्छ ।’

उपाध्यायका अनुसार अलमुताइरीले पनि स्वागतका लागि मन्त्रीलाई धन्यवाद दिए । उनले माल्दिभ्समा हुँदा पनि खेलकुद मन्त्रीले बारम्बार फोनमा कुराकानी गरेको स्मरण गर्दै, नेपाल फर्कनका लागि उहाँको अनुरोधले पनि मद्दत गरेको बताएका थिए । अलमुताइरीले साफको फाइनलमा टोली पराजित भएपछि खेलाडीको स्वागतका लागि मन्त्री आफै विमानस्थल पुगेको र पुरस्कारको लागि सरकारबाट निर्णय गराएकोमा पनि धन्यवाद दिएको उपाध्यायले जानकारी दिए ।

मन्त्री गहतराजले आफूलाई फोन गरेर अलमुताइरीलाई मन्त्रालयमा स्वागत गर्ने कार्यक्रम तय गरेको उपाध्यायले बताए । राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा थप ३ वर्षको सम्झौता थप गरेको कुवेती अलमुताइरी शनिबार राती काठमाडौं आइपुगेका छन् । गत महिना माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनल सम्मको यात्रा तय गराएका अलमुताइरी त्यहिबाट कतार गएका थिए ।

त्यसबीचमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङसँगको छलफल पछि अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा अझै तीन वर्ष रहने सहमति भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । अलमुताइरीको नयाँ सम्झौता अनुसार उनी सन् २०२४ सम्म नेपाली टोलीको प्रशिक्षक रहने बताइएको छ ।

२८ वर्ष लामो साफ च्याम्पियनसिपको इतिहासमा नेपाललाई फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका छन् । असोज ३० गते भएको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । अलमुताइरीको नेतृत्वमा नेपाली टोलीले पछिल्लो ७ महिनामा ११ खेल खेलेको छ । जसमा टोलीले ३ खेल जितेका छन् भने २ खेलमा बराबरी र ६ खेलमा हार बेहोरेको थियो ।

विश्व कप र एसिया कपमा अन्तिम ३ मध्ये चाइनिज ताइपेलाई जितेको नेपाली टोलीले अष्ट्रेलिया र जोर्डनसँगको खेल समान ३–० ले गुमाएको थियो । त्यसअघि टोलीले उनको नेतृत्वमा पहिलो खेल इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । त्यो खेल नेपालले ६–२ ले गुमाएको थियो ।

त्यसपछि भदौमा नेपाल र भारतले २ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल १–१ को बराबरी र दोस्रो खेलमा भारत २–१ ले विजयी भएको थियो । साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्स १–०, श्रीलंकालाई ३–२ ले हरायो भने बंगलादेशसँग १–१ को बराबरी खेल्यो । राउन्ड रोविनमा भारतसँगको खेल पनि नेपालले १–० ले गुमाएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.