default_image

2 years ago

October 31, 2021

झापा र खुमलटार भेट्रान्सको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – झापा भेट्रान्स र खुमलटार भेट्रान्सले फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित मेयर कप भेट्रान्स कपको उपाधिका लागि खेल्ने भएका छन् । आइतबार भएको सेमिफाइनलमा झापाले त्रिभुवन आर्मी भेट्रान्स क्लब तथा खुमलटारले सानो गौचरण नाइट किङ क्लबलाई पराजित गरेको हो । झापाले आर्मीलाई दोस्रो हाफमा दुई गोल गर्दै २-० ले पराजित गर्यो । झापाका […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – झापा भेट्रान्स र खुमलटार भेट्रान्सले फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित मेयर कप भेट्रान्स कपको उपाधिका लागि खेल्ने भएका छन् । आइतबार भएको सेमिफाइनलमा झापाले त्रिभुवन आर्मी भेट्रान्स क्लब तथा खुमलटारले सानो गौचरण नाइट किङ क्लबलाई पराजित गरेको हो ।

झापाले आर्मीलाई दोस्रो हाफमा दुई गोल गर्दै २-० ले पराजित गर्यो । झापाका लागि खेलको ४७ औं मिनेटमा कप्तान भेषराज लिम्बुले गोल गरेका थिए । उनले प्रवेश कटुवालको कर्नरमा गोल गरेका थिए । त्यस्तै निर्धारित ६० मिनेटको अन्तिम समयमा श्यामकुमार गोलेले अग्रता दोब्बर पार्दै झापालाई फाइनल पुर्याए ।

अर्को सेमिफाइनलमा खुमलटारले सानो गौचरणमाथि २-० कै जित दर्ता गर्यो । खेलको सुरुवाती समयमा गरेको गोल नै फाइनल पुग्न पर्याप्प्त रहयो । पाँचौ मिनेटमा रितेश खड्काले डिफेन्डरबाट खोसेर गरेको प्रहार गोल भएको थियो । उक्त गोलबाट सम्हालिन नपाउँदै जुमानु राईले कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता दोब्बर पारे ।

प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.