काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको पहिलो हाफमा नेपालले मकाउविरुद्ध १–० को अग्रता लिएको छ । २९ औं मिनेटमा सुजल श्रेष्ठले हेडमा गरेको गोलमा नेपालले अग्रता लिएको थियो । सुजलको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । यसअघि विश्वकप छनोटमा लिमोर लिस्टेलाई ५–० ले हराउँदा सुजलले एक गोल गरेका थिए । मकाउविरुद्ध सुजलले गरेको नेपालका लागि १६ औं गोल हो ।
पानी जमेको मैदानमा भइरहेको खेलमा नेपालले त्यसअघि पनि गोल गर्ने अवसर पाएको थियो । तर, सफल हुन सकेन । १५ औं मिनेटमा भरत खवासको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । त्यस्तै २८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी बक्सको बाहिरबाट गरेको शसक्त प्रहारलाई विपक्षी गोलपिकरले पन्च गर्दै जोगाएका थिए । यसअघि नेपाल र मकाउ पाँच पटक भिडेका छन् । जसमा नेपाल ३ खेलमा विजयी भएको थियो । १ मा बराबरी र अर्को खेलमा हार बेहोरेको थियो ।