default_image

2 years ago

November 2, 2021

एपिएफ बेलबारी गोल्डकपको उपाधि नजिक

बेलबारी (हाम्रो खेलकुद) – ए डिभिजन क्लब एपिएफ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । रारा फुटबल क्लब राजारानीलाई मंगलबार २–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफले उपाधिका लागि बुधबार अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा एपिएफलाई जित दिलाउन […]

42 views

0 Bookmark

बेलबारी (हाम्रो खेलकुद) – ए डिभिजन क्लब एपिएफ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । रारा फुटबल क्लब राजारानीलाई मंगलबार २–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

एपिएफले उपाधिका लागि बुधबार अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा एपिएफलाई जित दिलाउन आशिष लामा र नवीन लामाले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

७५ औं मिनेटमा आशिषको पेनाल्टी गोलबाट एपिएफले खेलमा अग्रता लिएको थियो । राराका विकु तामाङले पेनाल्टी बक्स भित्र बल ह्यान्ड गरेपछि रेफ्री विक्रम कार्कीले एपिएफलाई पेनाल्टी दिएका थिए । जसमा आशिषले गोल गरे । खेल सकिन ६ मिनेट बाँकी रहँदा नवीनले गोल गर्दै टोलीको जित पक्का गरे ।

एपिएफका सनिश श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भएर उनले ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रदेश १ का सांसद लोकप्रसाद संग्रौलाले सनिशलाई पुरस्कृत गरे ।

होटुबोर्ग प्रायोजक रहेको प्रतियोगिताको मुख्य सहयोगमा बेलबारी नगरपालिका, सह प्रायोजकमा लक्ष्मी सामुदायिक वन, बेलबारी नगरपालिकाका सबै वडा, सहयोगीमा मल्टीमिशन ट्रेनिङ सेन्टर धरान तथा प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघ रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार, विधागत उत्कृष्ट खेलाडीले समान ११ हजार तथा हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.