कोचिङ(हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप जित्न सफल भएकोमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले खुसी व्यक्त गरेका छन् ।
मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारी प्रतियोगिता पहिलो पटक जितेको हो । कोजी नेपालका लागि पहिलो प्रतियोगितामै उपाधि दिलाउन सफल भएका छन् ।
प्रशिक्षक कोजीले भने,‘ हाम्रा खेलाडीले निकै राम्रो खेले । तर , म अझै पनि प्रदर्शनबाट भने सन्तुष्ट छैन । हामीले अझै मेहनत गर्नुपर्ने हुन्छ । धैरै मौका पाएर पनि एक गोलमात्र गर्न सक्यौं । खराब मैदानका वावजुद टोलीले राम्रो खेल्यो । खेल निकै फिजिकल भयो । रक्षापक्तिले राम्रो खेल्यो र हामी गोल नखाई फाइनल जित्यौं ।’