default_image

7 years ago

November 16, 2016

फाल्गुनन्द गोल्डकप पौष ८ देखि

दिपक बोहोरा ,पाँचथर समाज सुधारक तथा १६ औ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको सम्मानमा पाँचथरको फिदिममा वर्षेनि हुँदै आएको पाँचथरको प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आठै संस्करण यहि २०७३ पौष ८ गतेबाट हुने भएको छ । मंगलबार फिदिम स्पोटिङ क्ल्बले आफ्नै कार्यलयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो जानकारी दिएका थिए । सो प्रतियोगितामा आयोजक फिदिम […]

21 views

0 Bookmark

दिपक बोहोरा ,पाँचथर
समाज सुधारक तथा १६ औ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको सम्मानमा पाँचथरको फिदिममा वर्षेनि हुँदै आएको पाँचथरको प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आठै संस्करण यहि २०७३ पौष ८ गतेबाट हुने भएको छ । मंगलबार फिदिम स्पोटिङ क्ल्बले आफ्नै कार्यलयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो जानकारी दिएका थिए ।

pachthar-football

सो प्रतियोगितामा आयोजक फिदिम स्पोटिङ क्ल्ब सहित पुर्वाञ्चलका प्रतिष्ठीत टिम र भारत र भुटानका गरी जम्मा सहित जम्मा १० टिम सहभागि हुने फिदिम स्पोटिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनु भयो । यसरि सहभागी हुने टिमहरुमा ताप्लेजुङ –११ ,माईभ्याली फुटबल क्लब इलाम ,झापा–११ ,सुनसरि –११ ,मोरङ–११, चर्च व्याइज क्लब काठमाण्डौ , र छिमेकि मुलुक भारतको सिक्कीम–११, कञ्चनजङघा स्पोटिङ क्लब दार्जीलिङ र भुटानको फे्रन्ड क्लब (बि.आ.सि) को सहभागीता रहने छ ।

पौष ८ गते बाट १७ गते सम्म सञ्चालन हुने प्रतियोतितामा गएका वर्ष जस्तो उभिएर खेल हेर्नु पर्ने बाध्यता अब नरहने आयोजक फिदिम स्पोटिङ क्लबका उपाध्यक्ष दिपेन्द्र थापाले बताउनु भयो । ३९०० जना अटाउने गरी अस्थाइ बासको प्याराफिट निर्माण गरीने उनले बताए ।
फाल्गुनन्द गोल्डकप–२०७३ मा २ टिम थप गरिने र पुरस्कार राशिमा पनि दोब्बर वृद्धि गरिने आयोजक क्लबका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

अधिल्लो वर्षहरुमा ८ टिम सहभागीहुने प्रतियोगितामा अब १० टिम सहमागिहुने अध्यक्ष श्रेष्ठले बताउनु भयो । पुुरस्कार राशिमा भने अब प्रथम हुने टिमले २ लाख ५० हजार र द्धितिय हुने टिमले १ लाख ५० हजार प्राप्त गर्ने छन । पौष ८ गते बाट १७ गते सम्म सञ्चालन हुने प्रतियोतितामा २८ लाख ४३ हजार अनुमानीत खर्च लाग्ने आयोजकले बताए ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.