अर्जेन्टिना बिरुद्ध ३-० को जित हात पारे पछी ब्राजिलले आज पेरु बिरुद्ध २-० को जित दर्ता गर्दै कोन्मेबोल छणोट समुहमा आफ्नो शिर्षस्थान कायमै राखेको छ ।
पहिलो हाल्फ घरेलु टोली पेरुले गोल रहित रोकेपनी दोस्रो हाल्फमा दुइ गोल गर्दै ब्राजिलले ३ अंक हात पार्न सकेको हो ।
ब्राजिलको लागी ५८ मिनेटमा ज्ञाब्री यल जिससले गोल गर्दै अग्रता दिलाएका थिए भने रेनाटो अगस्टोले ७८ मिनेटमा गोल गर्दै ब्राजिलको २-०को जित सुनिस्चित गरेका थिए ।
जित पछी ब्राजिलले शिर्षस्थानमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थामा रहेको उरुगवेले आज पराजय भोग्दा ब्राजिल भन्दा ४ अंक पछी पर्यो ।