default_image

1 year ago

November 27, 2022

मोरक्को र बेल्जियम गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ को खेलमा मोरक्को र बेल्जियम पहिलो हाफमा गोलरहित रहेका छन् । पहिलो हाफको इन्ज्युरी समयमा मोरक्को हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन । जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । तर अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर […]

159 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ को खेलमा मोरक्को र बेल्जियम पहिलो हाफमा गोलरहित रहेका छन् ।

पहिलो हाफको इन्ज्युरी समयमा मोरक्को हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन । जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । तर अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर बलको दिशा छेकेपछि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएनन् ।

त्यसअघि बेल्जियमको दुई प्रहारमा गोलरक्षक मुनिर एल काजुइ बाधक बनेका थिए । उनले खेलको पहिलो मिनेटदेखि नै यासिन बोनोउको स्थान लिएका थिए । राष्ट्रिय गानमा बोनोउ सरिक भएपनि टिम फोटोमा भने वैकल्पिक गोलरक्षक मुनिर आएका थिए । फिफाले खेलाडी सुचिमा बोनोउ घाइते रहेको जनाएको छ ।

यस समूहमा बेल्जियमले ३ अंक जोडेको छ भने मोरक्को र क्रोएसियाको १-१ अंक छ । क्यानडा अंकविहिन छ । आज नै रातको ९:४५ बजे हुने खेलमा क्रोएसियाले क्यानडाको सामना गर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.