default_image

2 years ago

November 15, 2021

खेलकुद महासंघले खेल नीति सम्मेलन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले अर्को साता खेल नीति सम्मेलन गर्ने भएको छ । खेलकुद नागरिकको मौलिक अधिकार सम्बृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मान्यताका साथ मंसिर ५ र ६ गते सम्मेलन हुने महासंघले जनाएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माले सम्मेलनको उद्घाटन गर्ने […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले अर्को साता खेल नीति सम्मेलन गर्ने भएको छ । खेलकुद नागरिकको मौलिक अधिकार सम्बृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मान्यताका साथ मंसिर ५ र ६ गते सम्मेलन हुने महासंघले जनाएको छ ।

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माले सम्मेलनको उद्घाटन गर्ने महासंघले पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी दिएको छ ।राष्ट्र संघीय संरचनामा गईसकेको तर समग्र खेलक्षेत्रको नेतृत्व गर्ने राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति तथा स्थानीय पालिका खेलकुद विकास समितिका नीतिगत समस्याकै कारण सहकार्य हुन नसकेको महासंघको बुझाई छ ।

सम्मेलनमा संघियता अनुसारको ऐन, कानून र नियमावली निर्माण, खेलकुदको विविधिकरण र वर्गिकरणको आधार, खेलकुद र राजनीति अर्थात खेलनीति र राजनीतिको संयोजन तथा सहकार्य, विश्व खेलकुदमा आएको आधारमा देश भित्रको खेल रणीति तयार पार्ने विषयमा छलफल हुने बताएको छ । त्यस्तै खेल ईभेन्ट, मिडिया र ब्रान्डिङको स्किल, खेलकुदको सरोकारवालाहरु बिचमा सहकार्य, नीति कार्यक्रम र नेतृत्वमा एकरुपता, खेलकुद क्षेत्रलाई समृद्ध, संस्थागत, आधुनिक, व्यवस्थित र सम्मानित बनाउने आधारशिला, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरुको अनुभूति र अनुभव शेयर तथा खेलाडी र समग्र खेलकर्मीहरुको अधिकार स्थापित गर्ने विषयमा सम्मेलनमा छलफल हुने बताएको छ ।

महासंघका अनुसार सम्मेलनमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी, राष्ट्रिय खेल संघका अध्यक्ष/महासचिव , नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, राखेप तथा प्रदेश खेलकुद परिषदका पदाधिकारी तथा सदस्य ,विश्वविद्यालयका खेल अफिसियल, खेल विज्ञ, पत्रकार तथा प्रमोटर्स, जिल्ला/नगर खेलकुद विकास समितीका अध्यक्षहरुको सहभागिता रहनेछ ।

त्यस्तै पूर्व खेलकुद मन्त्री तथा राखेपका पूर्व सदस्य सचिव , विभिन्न राजनीतिक दलका खेलकुद संगठनका पदाधिकारी, आयोजक महासंघका केन्द्र, प्रदेश, जिल्लाका पदाधिकारीले पनि सम्मेलनमा भाग लिनेछन् । दुई दिने सम्मेलनका लागि १३ लाख ५० हजार रुपैयाँ खर्च हुने महासंघको अनुमान छ ।

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

Success

Thank you for your time.