default_image

2 years ago

November 25, 2021

मुवाथाईमा आर्मी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । गोकर्णेश्वरको शंखडोलस्थित कराते हलमा भएको प्रतियोगिताको एमेच्युअरतर्फ पुरुष ५४ केजीमा आर्मीका कृष्ण पुनले गोकर्णेश्वर क्लबका मानसिंह तामाङ्गलाई पराजित गरे । ६५ केजीमा आर्मीका भुपेन्द्र रोका मगरले सुकेधारा क्लबका राजकुमार श्रेष्ठलाई हराए । ७० केजीमा रेज क्लबका अशुतोष मुल्मीले सुकेधाराका […]

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । गोकर्णेश्वरको शंखडोलस्थित कराते हलमा भएको प्रतियोगिताको एमेच्युअरतर्फ पुरुष ५४ केजीमा आर्मीका कृष्ण पुनले गोकर्णेश्वर क्लबका मानसिंह तामाङ्गलाई पराजित गरे ।

६५ केजीमा आर्मीका भुपेन्द्र रोका मगरले सुकेधारा क्लबका राजकुमार श्रेष्ठलाई हराए । ७० केजीमा रेज क्लबका अशुतोष मुल्मीले सुकेधाराका दोर्ची शेर्पालाई पाखा लगाए । पुरुष ७० केजीकै अर्को फाइटमा आर्मीका प्रकाश बरुवालले केन्द्रीय क्लबका राजेश कुवरलाई निराश पारे ।

गोकर्णेश्वर मुवाथाई नगर कमिटीद्वारा आयोजित सेमि प्रोफेशनल फाइटतर्फ पुरुष ५६ केजीमा बक्स्मान्डुका अनुज कार्कीले गोकर्णेश्वरका प्रवीण राईलाई, ५४ केजीमा गोकर्णेश्वर क्लबका कृतिम श्रेष्ठले सुकेधारा क्लबका यमन मोक्तान, ६५ केजीमा सातदोबाटोका बिक्रम मोक्तानले सुकेधाराका नारायण श्रेष्ठ र ६५ केजीकै अर्को भिडन्तमा आर्मीका नारायण थापाले केन्द्रीय क्लबका मुकेश लुइँटेललाई पाखा लगाए ।

प्रोफेसनल बेल्ट फाइटतर्फ महिला ५१ केजीमा रेज क्लबकी तेजीमाया गुरुङ्गले केन्द्रीय क्लबकी डेनिका राइलाई पराजित गर्दै बेल्ट जितिन् भने पुरुष प्रोफेशनल फाइटको ५० केजीमा पोखराका ज्ञानेन्द्र सिंहले सुकेधाराका तेजन मगरलाई पाखा लगाउदै जिते । पुरुष ६० केजीमा फ्रेन्डसिप मुवाथाई क्लबका विवेक गदालले सुकेधारा क्लबका प्रवेग घिसिङलाई पराजित गर्दै बेल्ट हात पारे ।

पुरुष ५४ केजिमा गोकर्णेश्वर क्लबका लाक्पा तामाङ्गले सुकेधाराका आनन्द राईलाई, ५६ केजीमा केन्द्रीय क्लबका सन्दिप तामाङ्गले गोकर्णेश्वर क्लबका दावा फुन्जो शेर्पालाई, तथा ७० केजीमा आर्मी क्लबका होमबहादुरले गोकर्णेश्वर क्लबका नवराज पराजुलीलाई पराजित गर्दै बेल्ट हात जिते ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, गोनपा. युवा तथा खेलकुद समिति संयोजक सन्जय लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ९ क्लब सहभागी थिए ।

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

Success

Thank you for your time.