2 years ago
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शनिबार भएको मैत्रीपुर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अष्ट्रेलियन अल्मुनाईमाथि जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मञ्चले अष्ट्रेलियन अल्मुनाईमाथि ३–१ को जित निकालेको हो । मञ्चको जितमा प्रज्वल शाक्य, गौरव फुयाल र अभिनव जोशीले गोल गरे । अष्ट्रेलियन अल्मुनीका निरु […]
काठमाडौं (हाम्रो खेलकुद) – महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शनिबार भएको मैत्रीपुर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अष्ट्रेलियन अल्मुनाईमाथि जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मञ्चले अष्ट्रेलियन अल्मुनाईमाथि ३–१ को जित निकालेको हो । मञ्चको जितमा प्रज्वल शाक्य, गौरव फुयाल र अभिनव जोशीले गोल गरे । अष्ट्रेलियन अल्मुनीका निरु थापाले एक गोल फर्काइन् ।
महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत साथी फाउन्डेसनको आयोजनामा एको मैत्रीपुर्ण खेलमा अष्ट्रेलियन अल्मुनाई, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल खेलकुद पत्रकार मञ्चले सहकार्य गरेको थियो ।
‘हाम्रो गोल महिला हिंसाविरुद्ध’ भन्ने नारासहित आयोजित मैत्रीपूर्ण फुटबल कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदूत फिलिसिटी भोल्क, साथी फाउन्डेसनकी बन्दना राणा, एन्फाका महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थिति रहेको टोली विजयी टोली तथा उपविजयी टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
April 16, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]
April 10, 2024
सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]
April 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् । नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]