default_image

2 years ago

November 27, 2021

रुपेसलाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – फिडे मास्टर रुपेस जयसवालले जीओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । स्वीस लिगको आधारमा नौ चरणको खेलमा रुपेसले आठ अंक जोडे । यसैगरी ७.५ अंक भएका सुशील चौधरी दोस्रो तथा बद्री लाल नेपाली तेस्रो भए । सजिन मर्हजन चौथो, पूर्णराज खड्का पाचौ, सरोज मर्हजन छैटा्र, केशब श्रेष्ठ […]

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिडे मास्टर रुपेस जयसवालले जीओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । स्वीस लिगको आधारमा नौ चरणको खेलमा रुपेसले आठ अंक जोडे ।

यसैगरी ७.५ अंक भएका सुशील चौधरी दोस्रो तथा बद्री लाल नेपाली तेस्रो भए । सजिन मर्हजन चौथो, पूर्णराज खड्का पाचौ, सरोज मर्हजन छैटा्र, केशब श्रेष्ठ सातौ ,हरि सुब्बा आठौ , निकेन कुसाथा नवौ तथा राजन पुरी १०औं भए ।

महिलातर्फ विनिता कपाली पहिलो भइन् । यसैगरी, भेट्रानमा जगन्नाथ ताम्रकार तथा १६ वर्ष मुनी पुरुषोत्तम लिवाल पहिलो भए । प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, थापाथली चेस पार्कका अध्यक्ष क्याप्टेन इन्द्र बहादुर कार्की, आयोजक जिओ इन्टेरसियरका प्रमुख विरेन्द्र ठाकुर, नेपाल विलियार्ड्स स्नकुर तथा पुल एसोसीएसनका अध्यक्ष सरोज कुमार मुल्मी , ब्वाइज युनियन क्लबका पूर्व अध्यक्ष अरुण बैद्य, प्रभु पेका कबिर मर्हजन तथा एनएमबी बैंकका आशिष शाही लगायतले पुरस्कार वितरण गरे ।

जी ओ इनटरेयिर तथा थापाथली चेस पार्कको आयोजनामा भएको प्रतियोगितामा १५० खेलाडकिो सहभागिता थियो । प्रतियोगिताको लागत २ लाख ८० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १५ हजार रुपैयाँ, उपविजयीले ८ हजार रुपैयाँ तथा तेस्रो हुने खेलाडीले ६ हजार रुपैयाँ पुरस्कार पाए ।

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

Success

Thank you for your time.