default_image

2 years ago

November 27, 2021

नरेन्द्र र मनिषा उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीका नरेन्द्र मौनी र सिन्धुपाल्चेककी मनीषा दनुवार दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नरेन्द्र तथा महिलामा मनीषा उत्कृष्ट बनेका हुन् । धापासीस्थित श्रीसमाज भवनमा भएको प्रतियोगिताको पुरुष ३०.५–३५ केजीमा सिन्धुपाल्चोकका […]

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीका नरेन्द्र मौनी र सिन्धुपाल्चेककी मनीषा दनुवार दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नरेन्द्र तथा महिलामा मनीषा उत्कृष्ट बनेका हुन् । धापासीस्थित श्रीसमाज भवनमा भएको प्रतियोगिताको पुरुष ३०.५–३५ केजीमा सिन्धुपाल्चोकका नवीन दुवारले स्वर्ण, सर्लाहीका समित विकले रजत तथा सर्लाहीका कृष्ण पण्डितले कांस्य जिते ।

३० केजीमुनि केन्द्रका सलिन थापा, ६५ केजीमा केन्द्रका अनिश दाहाल, ४०.५–४५ केजीमा धनगढीका नितेश कठायत, ५०.५– ५५ केजीमा एपीएफका सञ्जय राई, ५५.५–६० केजीमा सिन्धुपाल्चोकका अल्ताप दनुवार, ६०.५–६५ केजीमा एपीएफका रोहित चुनारा तथा ३५.५–४० केजीमा केन्द्रका अंकित श्रेष्ठले पहिलो स्थान हात पारे ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिलाको ४५.५ केजीमाथि सर्लाहीकी बन्दना बरालले सर्लाहीकै चाँद यादवलाई फाइनलमा पराजित गर्दै पहिलो भइन् । नुवाकोटकी पद्मा तामाङ तेश्रो भइन् । महिला ४५ केजीमुनि एपीएफकी दीपा शाहीले स्वर्ण जितिन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

तीनदिने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा १ सय ५० खेलाडीले सहभागिता जनाएको आयोजक संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव शिव थापाले जनाएका छन् ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.