default_image

2 years ago

December 6, 2021

राममाया र प्रकाशलाई ३ हजार मिटरमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– युथ एथलेटिक्स च्याम्पियनसिपको पहिलो दिन ३ हजार मिटर दौडको महिलामा जुम्लाकी राममाया बुढा र पुरुषमा जुम्लाकै प्रकाश कठायतले स्वर्ण पदक जितेका छन् । दशरथ रंगशालामा सोमबार च्याम्पियनसिपको महिला ३ हजार दौड रामायाले १० मिनेट ४४.५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी थिइन् । प्रकाशले ९ मिनेट २२.७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो […]

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युथ एथलेटिक्स च्याम्पियनसिपको पहिलो दिन ३ हजार मिटर दौडको महिलामा जुम्लाकी राममाया बुढा र पुरुषमा जुम्लाकै प्रकाश कठायतले स्वर्ण पदक जितेका छन् ।

दशरथ रंगशालामा सोमबार च्याम्पियनसिपको महिला ३ हजार दौड रामायाले १० मिनेट ४४.५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी थिइन् । प्रकाशले ९ मिनेट २२.७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान प्राप्त गरेका थिए । कपिलबस्तुका अजय पाण्डे ९ मिनेट ४० सेकन्डका साथ रजत र ललितपुरका महेश सिडालीले ९ मिनेट ४१ सेकेण्डका साथ कास्य पदक जितेका थिए ।

महिला ३ हजारमा जुम्लाकै बन्दना बुढा र सुर्खेतकी विमला कार्कीले कास्य पदक जितेकी थिइन् । वन्दनाले ११ मिनेट २१.९ र विमलाले ११ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरेकी थिइन् । एथलेटिक्स परिवार नेपालको आयोजनामा सुरु भएको च्याम्पियनसिप मंगलबारसम्म चल्नेछ ।

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

Success

Thank you for your time.