default_image

4 years ago

December 26, 2021

मनीष च्याम्पियन

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिमखाना क्लबका मनीष लामिछाने फ्रेन्डसिप वेल्फेयर मुवाँथाइ प्रो फाइटअन्तर्गत एमेच्योरको पुरुष ८० केजीमा च्याम्पियन बनेका छन् ।

उनले केन्द्रीय क्लबका अर्जुन तिमल्सिनालाई पराजित गरे । सोही स्पर्धाको महिला ५० केजीमा जिमखानाकी परिका बतासले सुकेधाराकी स्मृति सुनुवारलाई हराइन् । सेमी प्रोको पुरुष ५० केजीमा सुकेधाराका अमित बोहराले कपन क्लबका प्रिन्स दुलाल तथा ७० केजीमा सुकेधाराका नारायण श्रेष्ठले केन्द्रीयका राजेश कुँवरलाई पाखा लगाए ।

प्रोफेसनलको पुरुष ५० केजीमा सुकेधाराका यमन मोक्तानले फ्रेन्डसिप क्लबका सुजन बस्नेत, ५५ केजीमा गोकर्णेश्वर क्लबका क्रितिन श्रेष्ठले फ्रेन्डसिपका कुडोस प्रसाईं, ५६ केजीमा सुकेधाराका प्रवीण राईले गोकर्णेश्वरका दावा फुन्जो शेर्पा तथा अर्को ५५ केजीमा गोकर्णेश्वरका लाक्पा तामाङले केन्द्रीयका मनोज राना मगरलाई पन्छाए ।

कलंकीस्थित जनपथ माविमा भएको एकदिने प्रतियोगिताका विजेतालाई नेपाल राष्ट्रिय मुवाँथाइ संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिता फ्रेन्डसिप मुवाँथाइ क्लबको आयोजनामा भएको हो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.