4 years ago
January 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टिशा महर्जन र प्रारम्भ भण्डारी दोश्रो जुनियर अक्वाथलनको यु १६ तर्फको उपाधि जितेका छन् । प्रतियोगिताको २०० मिटर दौड, ४०० मिटर पौडी र १०० मिटर दौडको दुरी महिला तर्फ २४ मिनेट ५६ सेकेन्डका साथ टिशाले र पुरुषतर्फ २३ मिनेट ५४ सेकेन्डका साथ प्रारम्भले पहिलो स्थान हात पारेका हुन् ।

महिलातर्फ आजमी श्रेष्ठ दोश्रो, रोशा न्यौपाने तेश्रो तथा स्वस्तिका भण्डारीले चौथो स्थान हासिल गरे । पुरुषतर्फ तेन्जिङ रायन गुरुङ दोस्रो तथा जादेन श्रेष्ठ तेस्रो भए । सनिल थापा मगर चौथो र अजल काजी ताम्राकार पाँचौ भए । पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार रुपैयाँ हात पारे । दोश्रोले ३ हजार, तेश्रोले २ हजार तथा चौथो र पाँचौले समान १ हजार पाए ।
नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको यु–१३ महिलातर्फ आर्या महर्जन पहिलो भईन् । उनले ३२ मिनेट ३९ सेकेन्डका साथ उक्त दुरी पुरा गरिन् ।
आश्ना श्रेष्ठ दोस्रो तथा आकंक्षा श्रेष्ठ तेस्रो भइन् । पुरुषतर्फ आरोहण भण्डारीले २५ मिनट ३८ सेकेन्डका साथ पहिलो भए । अथर्व सिंह दोस्रो तथा प्रसर्य श्रेष्ठ तेस्रो भए ।
पहिलो भएकाले ५ हजार, दोस्रोले ३ हजार तथा तेस्रोले २ हजार पाए । यु–१० तर्फ एक मात्र सानी खेलाडी ज्योत्सना भट्टले प्रतियोगितामा सहभागिता जनाए बापत सान्त्वना बापत नगद १ हजार प्राप्त गरिन् ।
बिजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ र नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कृत गरे । प्रतियोगितामा २५ खेलाडीहरुको उपस्थिती रहेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]