4 years ago
January 11, 2022
पोखरा (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोस्रो जित निकाल्दा उपाधि दावेदार नेपाल एपिएफ क्लब त्रिभुवन आर्मी क्लबसँग स्तब्ध बनेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा डायमन्डले श्रीलंकन राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित आयोजक टाइगर ग्रुप अफ पोखरालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितमा लगातार दोस्रो जित निकालेको हो । यसअघि डायमन्डले पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो ।
डायमन्ड र टाइगर ग्रुपबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि त्यसविपरित डायमन्डले एक पक्षीय जित निकाल्न सफल भएको हो । पहिलो सेटमा २५–१९ को जित निकालेको डायमन्डले दोस्रो सेटमा २५–१३ को एकपक्षीय जित निकाल्दै जिततर्फ अघि बढेको थियो । डायमन्डले तेस्रो सेटमा २५–१६ को सहज जित निकाल्यो । जितसँगै डायमन्डको दुई खेलबाट ६ अंक पुगेको छ । पहिलो खेल खेलेको टाइगरले अंक जोड्न सकेको छैन ।

अर्काे खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा स्तब्ध पार्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आर्मीले पहिलो सेट १८–२५ ले गुमाउन पुगेको थियो । दोस्रो सेट २५–१९ ले जित्दै खेलमा फर्किएको आर्मीले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै जिततर्फ अघि बढेको थयो । चौथो सेटमा पनि आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदा आर्मीले २५–१३ ले आफ्नो पक्षमा पार्दै एपिएफलाई स्तब्ध पा¥यो । जितसँगै आर्मीले दुई खेलबाट ३ अंक जोडेको एपिएफको पनि दुई खेलबाट ३ अंक छ ।

पुलिसको लगातार दोस्रो जित
यस्तै पुरुषतर्फ विभागीय नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित दर्ता गर्दा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।

पहिलो सेटमा २५–२२ को प्रतिस्पर्धात्मक जित निकालेको पुलिसले दोस्रो सेटमा २५–१८ को सहज जित निकाल्दा तेस्रो सेटमा २५–२० को सहज जित निकाल्न सफल भयो । लगातार दोस्रो जितसँगै पुलिसको दुई खेलबाट ५ अंक पुगेको छ । पुलिसले पहिलो खेलमा उपाधि दावेदार हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–२ को पूनरागमन जित निकालेको थियो । पहिलो हार बेहोरेको गण्डकीको दुई खेलबाट ३ अंक छ ।
अर्काे खेलमा उपाधि दावेदनर आर्मीले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजि गर्दै विजयी सुरुवात गरेको छ । पहिलो सेटमा २५–१६ को सहज जित निकालेको आर्मीले दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । त्यसपछि आर्मीले २५–१५ र २५–२१ को जित निकाल्न सफल भयो । जितसँगै आर्मीको एक खेलबाट ३ अंक छ । लगातार दोस्रो हार बेहोरेको एपिएफले अंकको खाता खोल्न सकेको छैन । हेल्प नेपालको एक खेलबाट १ अंक छ ।

१ माघसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता रहेको छ । महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ ।
महिला तथा पुरुषतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ । हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैया हात पार्नेछन् । प्रतियोगितामा बुधबार पुरुष र महिलातर्फ समान दुई खेल हुनेछ ।
महिलातर्फ पुलिस र टाइगर ग्रुप तथा एपिएफ र न्यू डायमन्डबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ हेल्प नेपाल र आर्मी तथा एपिएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]