default_image

2 years ago

January 14, 2022

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबको चुनौती सोझो सेन्टमा पन्छाउँदै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

93 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबको चुनौती सोझो सेन्टमा पन्छाउँदै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । एकपक्षीय खेलमा आर्मीले पुलिसमाथि २५–१५, २५–१८ र २५–१३ को एकपक्षीय जित निकाल्यो । साविकको उपविजेतासमेत रहेको आर्मीले पुलिसलाई कुनैपनि समय खुलेर खेल्न दिएनन् ।

जितसँगै आर्मीले ४ खेलबाट ९ अंक जोड्यो । पराजित भएको पुलिसले ४ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । गण्डकी ३ अंकसहित चौथो स्थानमा रहँदा एपिएफ अंकविहीन हुँदै पुछारमा रह्यो ।

अब आर्मीले उपाधिका लागि शनिबार टिप टप हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । हेल्प नेपालले शुक्रबारै साविक विजेता गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

महिलातर्फ आर्मीले फाइनलमा स्थान सुरक्षित गर्दा एक टोलीको टुंगो लाग्न बाँकी छ । एपिएफ र न्यु डायमन्डमध्ये एक टोल िफाइनल पुग्नेछ ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.