default_image

2 years ago

January 19, 2022

मधेस प्रदेशको जित

काठमाडौं (हाम्रो खेलकुद) – मधेस प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधबार जित हात पारेको छ । समूह ‘ए’ को लिग खेलमा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित गरेको हो । मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले गोल गरिन् । गीता ‘वुमन अफ द म्याच’ घोषित भइन् । बुधबार दुई खेल […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेस प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधबार जित हात पारेको छ । समूह ‘ए’ को लिग खेलमा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित गरेको हो ।

मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले गोल गरिन् । गीता ‘वुमन अफ द म्याच’ घोषित भइन् । बुधबार दुई खेल भएकोमा एक खेल बराबरीमा टुंगियो ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको समूह ‘बी’ को लिगमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले गोलरहित बराबरी खेले । गण्डकी कमलादेवी घर्ती पुन ‘वुमन अफ द म्याच’ चुनिइन् । प्रतियोगितामा ६ टिम सहभागी छन् ।

समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, मधेस र प्रदेश १ तथा समूह ‘बी’ मा सुदूरपश्चिम, गण्डकी र दोश्रो संस्कणको विजेता लुम्बिनी छन् । आर्मी पहिलो संस्करणको पनि विजेता हो । फाइनल माघ ८ गते हुने छ ।

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

Success

Thank you for your time.